‘जनताको संविधान जनताको माझमा’, एमाले जनसभा हुने

cpnuml_election_बुटवल, फागुन १४ गते  । नयाँ संविधानका अस्पष्टता जनतालाई बुझाउने उद्देश्यले नेकपा (एमाले) लुम्बिनी अञ्चल कमिटीको आयोजनामा आज भैरहवामा ‘जनताको संविधान जनताको माझमा’ नाराका साथ बृहत् जनसभा आयोजना गरिने भएको छ । उक्त जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका एमालेका शीर्ष नेताहरुले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज लीला गिरीले जनाकारी दिनुभयो । कार्यक्रम भैरहवास्थित सिद्धार्थ रङ्गशालामा हुनेछ ।

एमालेका अध्यक्षसमेत रहनुभएका ओलीसहित पार्टीका महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, सचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्यद्वय सत्यनारायण मण्डल र छविलाल विश्वकर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभाको सम्पूर्ण तयारी पूरा भएको र रङ्गशाला क्षेत्रमा भिआइपीहरु पूर्वीगेटबाट र ¥याली पश्चिम गेटबाट रङ्गशालामा प्रवेश गर्ने गरी व्यवस्थापन गरिएको पार्टीका रुपन्देही क्षेत्र नं २ का इन्चार्ज हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो । सभालाई दिउँसो १२ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य गिरीले जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना