• ६ चैत २०८०, मङ्गलबार

सिद्धार्थ बैङ्क तीन अर्बभन्दा बढी नाफामा

blog

काठमाडौँ, साउन २३ गते । सिद्धार्थ बैङ्क लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा तीन अर्बभन्दा बढी खुद मुनाफा आर्जन गरी सेयरधनीलाई २५.७१ प्रतिसेयर आम्दानी दिएको छ । १२ अर्ब ५२ करोड रुपियाँ चुक्ता पुँजी र २१ अर्ब ९१ करोड रुपियाँ कुल इक्विटी रहेको बैङ्कले आर्थिक वर्ष २०७८/७९ मा मात्र प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल दुई अर्ब ९० करोडभन्दा बढी नेपाल सरकारको राजस्वमा योगदान पु-याएको जनाएको छ ।

वित्तीय प्रणालीमा देखापरेको असहज परिस्थितिका बाबजुद बैङ्कले आर्थिक वर्ष २०७८/७९ सम्ममा एक खर्ब ९६ अर्ब निक्षेप सङ्कलन गरी एक खर्ब ८६ अर्बको कर्जा प्रवाह गर्न सफल रहेको बैङ्कले जनाएको छ । त्यस्तै आव २०७८/७९ मा दुई लाख ५० हजारभन्दा बढी नयाँ ग्राहक बैङ्किङ सेवामा आबद्ध गरी कुल १४ लाखभन्दा बढी ग्राहकलाई बैङ्किङ सेवा प्रदान गरिरहेको बैङ्कले जनाएको छ ।

यसैगरी ग्राहकमध्ये छ लाख ५० हजारभन्दा बढी ग्राहकलाई मोबाइल बैङ्किङ सेवा, पाँच लाख ४५ हजारभन्दा बढी ग्राहकलाई डेबिट कार्ड सेवा र ३० हजारभन्दा बढी ग्राहकलाई क्रेडिट कार्ड सेवा प्रदान गर्दै आएको बैङ्कले जनाएको छ ।