मुम्बईको औद्योगिक क्षेत्रमा प्रधानमन्त्री ओली

मुम्बई (भारत), फागुन १२ गते । भारतको छ दिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मुम्बइस्थित औद्योगिक पार्कमा रहेको हिन्दूस्तान युनिलिभर लिमिटेडमा पुगी त्यस कम्पनीको उत्पादन र विश्वव्यापी बजार सञ्जालबारे जानकारी लिनुभयो ।

उपभोक्ताका लागि दैनिक जीवनमा आवश्यक सामग्रीको उत्पादन गरी विश्वका अन्य मुलुकमा पनि निर्यात गर्दै आएको सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मेहताले त्यहाँको कार्यसञ्जालबारे अवगत गराउनुभएको थियो । युनिलिभर नेपालका अध्यक्ष प्रदीप बनर्जी र नेपालका उद्यमी रविभक्त श्रेष्ठले सो कम्पनीलाई नेपालमा लगानी बढाउने सम्भावनाबारे अवगत गराउनुभएको थियो । सो कम्पनी भारतकै ठूला कम्पनीमध्ये एक मानिन्छ ।

Pm -Mumbai-Uniliver (2)भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार मुम्बइस्थित औद्योगिक क्षेत्रमा रहेको हिन्दूस्थान युनिलिभर लिमिटेडमा

नेपाली प्रमण्डलले नेपालमा विशेष आर्थिक क्षेत्रको स्थापना, लचिलो श्रम कानुन र लगानीको सुरक्षाको वातावरण भएकाले नेपालमा लगानी बढाउन र कतिपय उत्पादन नेपालमा गरेर भारत निर्यातको व्यवस्थाका लागि सहकार्यको प्रस्ताव गरेको थियो ।

प्रधानमन्त्रीकासाथ अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, मुख्य सचिव डा सोमलाल सुवेदी, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी राधेश पन्त तथा अन्य नेपाली व्यवसायीलगायत हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओली यहाँका व्यवसायी र कलाकारसँगको भेटवार्तापछि आजै स्वदेश फर्कनुहुनेछ । भ्रमणका बारेमा दुई देशबीच जारी हुने संयुक्त प्रेस विज्ञप्तिका विषयमा भने औपचारिक जानकारी दिइएको छैन । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना