माओवादी पार्टीहरुबीच एकताको प्रयास–अध्यक्ष दाहाल

काठमाडौँ, फागुन ११ गते। एकीकृत नेकपा९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले सबै माओवाद मान्ने पार्टीहरुबीच एकताको प्रयास भईरहेको जानकारी दिनुभएको छ ।
लेखक रणेन्द्र बरालीद्वारा लिखित ‘हाम्रो संस्कृति र संस्कार’ पुस्तककको आज यहाँ लोकार्पण गर्दै उहाँले सबै माओवाद मान्नेबीच एकता हुनेमा आशावादी मात्रै होईन विश्वस्त रहेको छु भन्नुभयो ।
अध्यक्ष अहिले मुलुकको स्वाधिनता माथि सङ्कट पैदा हुदै गरेको चर्चा गर्दै त्यसलाई चिर्न क्रान्तिकारी र राष्ट्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
नेकपा९क्रान्तिकारी माओवादी०का नेता देव गुरुङले बरालीको पुस्तकले नेपाली समाजलाई रुपान्तरण गर्न र अन्धविश्वासहरुलाई अन्त्य गर्न बैचारिक खुराक दिने विश्वस व्यक्त गर्नुभयो । एमाओवादी नेता विश्वभक्त दुलाल‘आहुति’ र पत्रकार हरिगोविन्द लुँईटेलले पुस्तकमाथि टिप्पणी गर्दै मानिसको जन्म देखि मृत्यसम्म्का १६ संस्कारको चिरफार गर्ने तथा वैचारिक कोणबाट भन्दा जीवन भोगाईको कोणबाट पुस्तक लेखिएको बताउनुभयो ।
पुस्तकका लेखक बरालीले जीवन जगतको विकासबारे वैज्ञानिक तथ्य र समाजिक यथार्थतालाई आफुले पुस्तक मार्फत उजागर गर्ने कोशीस गरेको बताउनुभयो । रासस


 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना