रुघाखोकी र निमोनियाका बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि

गौशाला, माघ ९ गते । जिल्ला अस्पताल महोत्तरीमा रुघाखोकी र निमोनियाका बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएको छ ।

लगातार बढ्दै गएको जाडोका कारण अहिले महोत्तरीको घरघरबाट रुघाखोकी र निमोनियाका बिरामी उपचारका लागि जिल्ला अस्पताल पुग्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरीको प्रत्येक घरमा अहिले औसतमा दुई÷तीन जनामा रुघाखोकी र निमोनियाको लक्षण देखिएको चिकित्सक बताउँछन् । चिसोबाट प्रभावित भएर जिल्ला अस्पतालमा अहिले दैनिक ११० देखि १५० सम्म रुघाखोकी र निमोनियाका बिरामी उपचारका लागि आउने गरेका छन् भने जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि दैनिक ५० देखि ७० जनासम्म बिरामी उपचारका लागि आउने गरेको चिकित्सकले बताएका छन् ।

जिल्ला अस्पतालमा उपचारका लागि आउने रुघाखोकी र निमोनियाका बिरामीमा बढी बालबालिका र वृद्धवृद्धा रहेको चिकित्सक सञ्जयकुमार यादवले बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना