• ६ चैत २०८०, मङ्गलबार

दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा पाँचको मृत्यु, ३७ घाइते

blog

सियोल, साउन २० गते । दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन् ।

स्थानीय समयानुसार बिहान १०ः१७ बजे (०११७ जीएमटी) चार तले भवनमा आगलागी भएको थियो । 

त्यस भवनको चौथो तल्लामा डायलासिस बिरामीहरू उपचाररत छन् भने दोस्रो र तेस्रो तल्लामा कार्यालयहरू छन् । अस्पतालमा ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मीमध्ये पाँच जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा तीनजना बिरामी र एक नर्स थिए भने बाँकी एकको पहिचान हुन सकेको छैन । रासस/सिन्ह्वा