• ६ चैत २०८०, मङ्गलबार

निर्वाचनमा जुट्न एमाले उपाध्यक्ष पौडेलको आह्वान

blog

काठमाडौं, साउन १९ गते। नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा र प्रदेशसभको निर्वाचनमा जुट्न पार्टी कार्यकर्तालाई आह्वान गर्नुभएको छ। 

बिहीबार एमाले जिल्ला कमिटी ललितपुरले आयोजना गरेको संगठन शुद्धिकरण तथा सुदृढीकरण अन्तर्गत जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले निर्वाचनमा अग्र स्थान हासिल गर्ने गरी जुट्नुपर्ने बताउनुभएको हो।

उहाँले पार्टीको शक्ति र सामर्थ्य सही ढंगबाट केन्द्रीकृत हुनुपर्ने भन्नुहुदै विचार, जनमत र संगठनको तागत थाहा पाउनुपर्ने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “गठबन्धनलाई परास्त गर्ने गरी जनआधार विस्तर गर्नुपर्छ, हाम्रोविरुद्ध जुन गठबन्धन छ, यो जनपक्षीय उद्देश्यका साथ छैन।”

उहाँले आगामी निर्वाचनमा अस्थायी मित्रलाई गोलबद्ध गर्दै जीत सुनिश्चित हुनेगरी अघि बढ्नुपर्ने बताउनुभयो। ‘‘संसदमा सबैभन्दा ठूलो पार्टीको रुपमा निर्वाचित हुन चाहेका छौं’’, उहाँले भन्नुभयो, “एक सय दश स्थानमा समानुपातिकतर्फ एमाले ठूलो दल बन्छ भन्ने स्थानीय निर्वाचनले देखाइसकेको छ। प्रत्यक्षतर्फको एक सय ६५ क्षेत्र तर्फको पनि एक–एक विश्लेषण गरेका छौं।”