नेपाल साग फुटबलको स्वर्ण पदक विजेता

  क।ठमाडौं, फागुन ३ गते । भारतको गुहावटीमा भर्खरै सम्पन्न साग फुटबलको फाइनल खेलमा नेपालले भारतलाई २ - १ गोलको अन्तरले पराजित गरि स्वर्ण पदक हासिल गरेको छ ।फाइनलमा भारतले पेनाल्टीबाट गोल गरेर खेलमा अग्रता लिए पनि नेपालका प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठको गोलबाट नेपालले साग फुटबलमा तेस्रो पटक स्वर्ण पदक हासिल गर्ने गौरव हासिल गर्यो ।

गुहावटीमा जितपछि रमाउँदै नेपाली खेलाडी । तस्वीर ः एन्फा

यससँगै नेपालले सन् १९९३ मा साग फुटबलमा स्वर्ण पदक जितेपछि दुई दशकभन्दा बढी समयको प्रतीक्षापछि फुटबलमा दक्षिण एसियाली च्याम्पियन बनेको हो । सन् १९९३ को साग फुटबल फाइनलमा भारतलाई टाइब्रेकरमा हराएर स्वर्ण जितेको थियो । संयोगले हालका नेपाली टोलीका कप्तान राजु शाक्य नेपालले यस अघि दुई पटक साग प्रतियोगिता जित्दा खेलाडी र कप्तानको भूमिकामा थिए । नेपालले पहिलो पटक सन् १९८४ मा साग फुटबल जितेको थियो । 
नेपालको यसै टीमले केही हप्ताअघि बंगलादेशमा सम्पन्न बंगबन्धु फुटबल प्रतियोगिता पनि जितेको थियो । यस नतिजासँगै केही नेपाली फुटबल खेलाडी म्याच फिक्सिंगका कारण नेपाली फुटबलबाट टाढा रहनु र धेरै वर्ष नेपाली फुटबलको बागडोर सम्हालेका गणेश थापाको नेपाली फुटबलबाट औपचारिक बहिगर्मनलाई पनि अनौठो तर मिठो संयोगका रुपमा पनि लिन थालिएको छ । गोप अनलाइन

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना