• ६ चैत २०८०, मङ्गलबार

ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

blog

शान्ता अधिकारी

चितवन, साउन १८ गते । पूर्व–पश्चिम राजमार्गको भरतपुर–भण्डारा खण्डको राप्ती नगरपालिकाको बीरेन्द्रनगर चोकमा चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घटनाको विरोधमा स्थानीयले पूर्व–पश्चिम राजमार्गमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार दिउँसो राप्ती नगरपालिका –७ वीरेन्द्र चोकमा भरतपुरबाट हेटौंडातर्फ जाँदै गरेको ना ६ ख ५९८६ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदैगरेको बागमती प्रदेश ०३–००३ प १२०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा राप्ती नगरपालिका–६ हर्दीका २४ वर्र्षीया रमिता तामाङको मृत्यु भएको हो । 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उहाँको भरतपुरको सरकारी अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । श्रीमान सुशील कुँवरले चलाएको स्कूटरमा उहाँ सवार भएकाबेला ट्रकले ठक्कर दिएको थियो । श्रीमान कुँवरको पनि हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय भण्डारा र इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी टोलीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।