• ६ चैत २०८०, मङ्गलबार

नेप्से ६.७१ अङ्कले गिरावट

blog

काठमाडौं, साउन १८ गते । शेयरबजार परिसूचक नेप्से बुधवार ६.७१ अङ्कल गिरावट आएको छ । लगातार रुपमा बढ्दो क्रममा रहेको नेप्से परिसूचक मङ्गलबारदेखि सामान्य करेक्शन आएको हो ।

आज नेप्से सूचक ६.७१ अङ्कले घटेर २१८६.७७ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६४ अङ्कले घटेको छ । फ्लोटइण्डेक्स ०.९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.६ अङ्कले घटेको छ ।

कारोबारमा आएका २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर चार अर्ब दुई करोड ९९ लाख ३१ हजार ४३९ रुपियाँ बराबरको कारोबार भएको छ ।

कारोबार रकममा भने केही सुधार देखिएको छ मङ्गलबार तीन अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपियाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ४ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ९ वटा उपसमूहको परिसूचक नकारात्मक देखिएको छ । जसमा व्यापार उपसमूहको सूचक ३.८१ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक १.६४ प्रतिशतले बढेको छ ।

नेप्से परिसूचक गिरावट भए पनि आज सामलिङ्ग पावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने बलेफि हाइड्रोपावरको ९.९७ प्रतिशत, युनाइटेड इदी मर्दी हाइड्रोपावरको ८.९६ प्रतिशत र समृद्धि फाइनान्सको ८.७६ प्रतिशत बढेको छ । तर, यता स्ट्यान्डर्ड चाटर्ड बैंकको शेयर मूल्य सबैभन्दा धेरै ३.९२ प्रतिशतले घटेको छ । त्यस्तै, गुडविल फाइनान्सको ३.४३ प्रतिशत र बोटलर्स नेपालको ३.३८ प्रतिशतले घटेको छ । आज शिवम सिमेन्टको सबैभन्दा धेरै २५ करोड ३४ लाख रुपियाँको शेयर कारोबार भएको छ भने अपि पावरको १५ करोड १७ लाख रुपियाँ बराबारकोे शेयर कारोबार भएको छ ।