घाट पुगेको सादगी राजनीति

Junar_babuजुनारबाबु बस्नेत


शायद मानिसको सबैभन्दा ठूलो कमजोरी वा सहजता ? मानिस जीवनमा यावत् चुनौती छल्न वा टार्न सक्छ तर मृत्यु अवसम्भावी छ भन्नेसम्म पनि उसले सजिलै आत्मसात गर्न सक्दैन । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको माघ २६ गते महाप्रस्थान भयो । पार्टी आन्तरिक नेतृत्वको महासमरमा रहेको बेला चुनावी चर्को ज्वरो छ काँग्रेसमा । नीति, कार्यक्रम र विचारभन्दा काँचो चुनावी ज्वरो नेपाली राजनीतिको भयानक ताजा प्रवृत्ति हो । शायद त्यो ज्वरो पनि थियो सभापति कोइरालामा । निवासबाट केही सय मिटरको दूरीमा देशका नामी अस्पतालहरू छन् तर त्यहाँसम्म पुग्न नपाउँदै उहाँ परलोक जानुभयो । वृद्ध वय, क्यान्सरसँगको सामना र न्यूमोनिया, उहाँलाई थाहा थियो । परिवारजन र निजी चिकित्सकलाई थाहा थियो । मिडियालाई थाहा थियो तर कसैले थाहा नपाएजस्तो भयो । कसैलाई थाहै नदिई उहाँ जानुभयो । यो परिघटनाले नेपाली अर्थराजनीतिका समकालीन चरित्र र प्रवृत्तिमा चिन्तनका नयाँ पाटाहरूलाई आमन्त्रण गरेको छ । युग सकिएको बोध गरेको छ ।
राजनीतिमा छ दशक बिताउनु भएका कोइरालाकै कार्यकारी नेतृत्वमा नेपालले दुर्लभ संविधान पायो । त्यस अघि संविधान दिनको लागि प्रतिवद्ध हुँदै मुुलुकका धेरै राजनेता सिंहदरबार पुगे । परिवर्तनको राप र ताप लिएर सिंहदरबार पुुग्नुभएका एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल असमयमै ओर्लनुभयो । राजनेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई पालैपालो संविधान दिने प्रतिवद्धता लिएर सिंहदरबार पुग्नुभयो । ती प्रतिवद्धता समयक्रममा फितला भए । त्यो पालैपालोमा, दुई वर्षे संविधानसभाले दोब्बर अवधि व्यतित ग¥यो तर नेपाली जनताले संविधान पाउन सकेनन् । मुलुक संविधानसभा बिघटनको दुर्र्घटनामा पुग्यो । गणतान्त्रिक इतिहासको शैशवस्थामै मुुलुकको गति, यति र लय रोकिने खतरामात्र भएन अर्थतन्त्र धराशयी भयो । शौभाग्य भन्नुपर्छ, कठिन अभ्यासले न्यायमूर्तिकै सही, कार्यकारी नेतृत्वमा मुुलुकले चुनावी सरकार पायो र अर्को निर्वाचनका निम्ति मुुलुकले श्रम, साधन र स्रोत खर्चिनु प¥यो । शादगी सुशील कोइराला सिंहदरबार पुग्नुभयो र असाध्य राप, ताप र दबाब खेपेर पनि संविधान जारी गर्ने परिस्थिति बनाउनु भयो । उहाँले आफू हारेर मुलुकलाई विजयश्री दिनु भयो । हुन सक्छ, त्यो सुशील युग थियो ।
संविधान बनेपछि मैले पदत्याग गर्छु भन्ने उहाँको वचन नै संविधान बन्ने मूलभूत कारण हुनुपर्छ । यो त्यही मुलुुक हो, जहाँ अब्बल काम गर्नेले पुुुरस्कार होइन, दण्ड सामना गर्नुपर्छ । कसैले यो प्रसङ्गलाई काजी भीममल्लकी विधवाले दिएको श्राप सम्झने गर्छन् । भोटसित युद्ध जितेर आएका काजी मारिँदाको श्राप । राम्रो काम गर्नेको भलो नहोस् भन्ने सन्देशलाई श्रापका रूपमा बुझ्छन् कतिपय । संविधान बनाउँदा पद त्यागको वाचा गर्नुभयो उहाँले । कमजोरी वा महानता, राजनीतिक पण्डितहरूले भावी दिनमा केलाउलान् तर त्यो पद सहजै त्याग गर्ने कोइरालालाई शितलनिवासको अग्लो कुर्सीले भने किन लोभ्याएन सकेन ? पद र शक्तिको कहिल्यै दुरूपयोग गरेको कुरा कोइराला विरोधीले पनि जीवनकालमा समेत उठाउन
सकेनन् ? यो छिद्रान्वेशी समाजमा पनि कोइरालाको शादगी जीवनको भारी प्रशंसा भयो । जीवनदेखि मृत्युपर्यन्त पनि । त्यो सादगी राजनीतिक जीवनको लगभग अब्बल बिसौनी शितल निवासका लागि, सत्तारुढ, विपक्ष र सिङ्गो देशले भन्दा पनि उहाँका लागि किन जँचेन ? कोइरालालाई पदका भोका भन्न मिल्नेहरूका लागि कुनै जवाफ छैन अझैँ ।
हो, उहाँ दूरुह मार्गतिर लाग्नुभयो । राजनीति गर्नेहरू प्रायः सजिलो बाटो रोज्छन् । समकालीन राजनीतिमा पदका निम्ति के कस्तो हर्कत गर्नुपर्छ भन्ने कुराका ताजा उहादरणहरू अहिलेको काँग्रेसभित्रको अभ्यासलाई हेर्दा नै स्पष्ट हुन्छ । पदका लागि पैसाको खोलो बगेको, पार्टीभित्रै क्रियाशील सदस्यहरूको मोलमोलाइ भएको स्वयं काँग्रेसजन बक्दैछन् । दुनियाँले हेर्दै छ । सत्ता र शक्तिका लागि नेतैपच्छिे दल खोल्ने त छँदैछ, नीति, विचार र सिद्धान्तलाई बेला न कुबेला नयाँ अवतार धारण गर्ने, तरह तरहका प्रवृत्ति नेपाली राजनीतिले भोग्दै थियो, छ । डा. बाबुराम भट्टराईको नयाँ शक्ति अवतार समकालीन अर्थराजनीतिमा बुझेर बुझ्न नसकिने अध्याय हुँदैछ । अति अल्पहारी कोइरालाले छ्यालीस सालपछि जतिबेला पनि सत्तामा पुग्नसक्ने सबै सहजतालाई बन्द गर्नुभयो । नेपाली राजनीतिका बिरालाकोटी प्रवृत्ति उभ्याउने चेष्टा गरे पनि त्यसको बजारीकरण गर्ने रुचि भने उहाँमा कहिल्यै देखिएन ।
पछिल्ला दिनमा उहाँले विल्कुलै अनौठो बाटो रोज्नुभयो । एकपटक लगाइसकेको जुत्ता लगाउनका लागि एकाएक जीर्ण वयसँगै मैदानमा ओर्लनुभयो । जुन जुत्तामा उभिँदा, उहाँले मुुलुकलाई इतिहासकै पहिलो र अनुपम उपहार दिनुभयो । उँचाइ बढ्यो । उहाँका लागि शितलनिवास सबैले देखे तर उहाँमा रहर पलाएन । उहाँमा त्यसको अहम् र क्लेश पनि देखिएन । बरु लगत्तै पुरानै जुत्तामा उभिन तयार हुनुभयो । साराले मन नपराएको र लगभग पूरै असम्भव बाटो, अझ अनौठो त त्यसैमा रामचन्द्र पौडेल र शेरबहादुर देउवाजस्ता राजनीतिका दिग्गज खेलाडीका दाबेदारले किन साथ दिनु भयो ? उहाँ स्वयं किन त्यसैमा तम्सनु भयो ? लगभग पहिल्यै हार निश्चित थियो । र, पनि फेरि मैदानमा आएर, पराजयलाई सहश्र स्वीकार गरी प्रतिपक्ष दलकै नेतामा, अनि सभापति हुँदाहुँदै र फेरि अर्को कार्यकालका निम्ति मैदान नछोड्दैको शान्त प्रस्थान, यी सबै अब राजनीतिक अनुमानका अनौठा आयाम भए ।
पैसा र भौतिक विलासका लागि मरिमेट्ने समाजमा त्यसप्रति उहाँले देखाउनुभएको निरपेक्षता नेपाली राजनीतिको अति विरलै आयाम हो । सुशील कोइरालासँगै त्यो शादगी राजनीति पनि आर्यघाटतिरै अग्रसर भएको नेपाली समाजले अनुभव गरेको छ । शादगी राजनीति नेपाली समाजले अब पढ्न पाउने छ तर देख्न पाउने छैन । जसरी भए पनि प्राप्त पैसा र त्यसैको प्रयोगमा जनपरिचालन अब नेपाली राजनीतिको प्रमुख आधार हुँदैछ । मूल्य स्खलित राजनीति । राजनेता बीपी कोइरालाले प्रजातन्त्र आएपछि पार्टीमा सुकिला र महँगा गाडी चढ्नेहरूको रजाइँ चल्ने र त्यसविरुद्ध फेरि कार्यकर्ताले सङ्घर्ष गर्नुपर्ने भविष्यवाणी गर्नुभएको थियो । नेपाली काँग्रेसमा मात्र होइन, प्रायः सबै दलहरूमा त्यो वाणी अहिले जीवन्त कार्यान्वयनमा छ । त्यागी कार्यकर्ताहरू सङ्घर्षको बाटो छोडेर सगौरव भोगविलासतिर गइरहेको देख्न अहिले कुनै कठिन छैन । मूल्यको राजनीति लगभग अब अमूल्य भइसकेको छ । मूल्य र सादगीसित शायद सुशील दा’को गहिरो नाता थियो ।
राणा शासन सातदशक अघि गए पनि, प्रवृत्ति मौलाइरह्यो । भोगविलासमा शतक मार्दै गएको अहिलेको राजनीतिले दर्शन, नीति, विचार र कार्यक्रमलाई क्रमशः तिलाञ्जलि दिँदैछ । शादगी नेता कोइराला मुखिया रहेको पार्टीको वडा र गाउँदेखि क्षेत्र र जिल्लासम्मका अधिवेशनहरू चुनावभन्दा पर्तिर जान नसकेको देखिँदैछ । देशभरबाट आएका मिडिया उत्पादनहरूको समीक्षा गर्दा पनि अधिकांश स्थानमा अधिवेशनका औपचारिकता उद्घाटन, मन्तव्य, बन्द सत्र, सभापति, सचिव र कोषाध्यक्षको प्रतिवेदन, समीक्षा, आगामी नीति र कार्यक्रमले अति विरलै ठाउँ पाइरहेका छन् । पैसावालहरू र तिनका सारथि भएर नीति, सिद्धान्त र आदर्शले पदावतार प्राप्त गरिरहेका छन् । प्रवृत्तिहरू केलाउने हो भने नेपाली काँग्रेसले २०१२ सालमा वीरगञ्ज महाधिवेशनमा पारित गरेको प्रजातान्त्रिक समाजवादको आदर्श अब इतिहासको एउटा खण्ड भएर बस्ने खतरा बढेको छ । काँगे्रसमा मात्र के कुरा, जीवभर माक्र्सवाद, लेनिनवाद र माओवादमा चुर्लुम्म डुब्नुभएका डा. भट्टराई अवतार प्रवृत्तिले नेपाली राजनीतिलाई कुन उत्तरआधुनिक भड्खालामा जाक्ने हो ? केवल यतिबेला चिन्तन मात्र गर्न सकिन्छ, आँकलन कठिन छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना