संविधानसभामा खुर्सानीको धुलो भेटियो

BICC Baneshworकाठमाडौँ, माघ ८ गते । आज बिहान ११ बजेका लागि तोकिएको संविधानसभाको बैठक हुनुपूर्व सुरक्षाकर्मीको नियमित जाँचका क्रममा संविधानसभाभित्र १० स्थानमा खुर्सानीको धुलोका पोका भेटिएका छन् ।

व्यवस्थापिका संसद्का प्रवक्ता मुकुन्द शर्माले सो खुर्सानीको धुलो कसरी र कहाँबाट आयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको र सभाभित्र यस्तो स्थिति देखिनु दुर्भाग्यपूर्ण भएको पत्रकारहरुलाई बताउनुभयो ।

यो घटनापछि अहिले संविधानसभा परिसरको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । संविधानसभाको मूलढोकादेखि नै आज सभासद् र अन्य प्रवेशकर्तालाई कडाइका साथ जाँच गरिएको छ । महिला सभासद्लाई झोला पनि लान दिइएको छैन । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना