• १३ वैशाख २०८१, बिहिबार

लागु औषधसहित तीन जना पक्राउ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १७ गते । लागु औषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको मधुबन नगरपालिका–५ बस्ने ललित बहादुर गुरुङ, त्यही बस्ने समिर सार्की र किरण वंशी मगर रहेका छन् । 

उहाँहरुको साथबाट तीन थान मोबाईल, बजाज कम्पनीको एक थान पल्सर मोटरसाईकल र ५५० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित तीन जनालाई बर्दिया प्रहरीले मंगलबार पक्राउ गरेको हो ।