• ८ वैशाख २०८१, शनिबार

महिला साफ : दोस्रो चरणमा ३५ खेलाडी

blog

साफका लागि तयारी गर्दै नेपाली महिला टोली । तस्बिर : एन्फा

काठमाडौं, साउन १७ गते । काठमाडौंमा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा ३५ जना खेलाडी छनोट भएका छन् । प्रशिक्षक कुमार थापाले प्रारम्भिक चरणमा रहेका ५८ खेलाडीबाट ३५ खेलाडी छनोट गर्नुभएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

सात टोलीको सहभागिता रहने महिला साफमा नेपाल समूह ‘बी’ मा परेको छ । तुलतान्मक रुमिा सशज नेपालको समूहमा भुटान र श्रीलंका रहेका छन् । नेपालले पहिलो खेल भुटानसँग भदौ २१ र दोस्रो खेल भदौ २८ गते खेल्नेछ । यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । 

दोस्रो चरणमा छनोट खेलाडी : 

गोलरक्षक : एन्जिला सुब्बा, अञ्जना रानामगर, उषा नाथ र कविता विक

रक्षक : अमृता जैशी, गीता राणा, पुनम जर्घामगर, हिराकुमारी भुजेल, पूजा राना, विमला विक, सिर्जना सिंह, निशा थोकर, सिर्जना चेम्जोङ, समीक्षा घिमिरे र गंगा गुरुङ

मिडफिल्डर : सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा राई, मञ्जलीकुमारी योञ्जन, दीपा शाही, हिमा चौधरी, सविता रानामगर र इन्दिरा राई, सरस्वती ऐर र कुशुम खतिवडा

स्ट्राईकर : सावित्रा भण्डारी, अनिता केसी, निर्मला विक, रश्मीकुमारी घिसिङ, रजनी थोकर, चन्द्र भण्डारी, अमिषा कार्की र रेखा पौडेल ।