• १६ चैत २०८०, शुक्रबार

सबैभन्दा धेरै कोरोना संक्रमित काठमाडौं र ललितपुरमा

blog

फाइल तस्बिर

काठमाडौं, साउन १७ गते। देशभर सक्रिय सङ्क्रमितको संख्या बढ्दै गएको छ। साउन १ गते  १४ सय ३९ जना भएका सक्रिय सङ्क्रमित १७ दिनमा बढेर पाँच हजार १४४ पुगेका छन्। कोरोना संक्रमण दरको हिसाबले काठमाडौं र ललितपुरमा सबैभन्दा धेरै कोरोना संक्रमित रहेका छन्।

सरकारको मापदण्ड अनुसार सक्रिय संक्रमित पाँच सय भन्दा बढी भएका जिल्लालाई 'रेड जोन'मा राखेको छ। सोही मापदण्ड अनुसार  काठमाडौं र ललितपुर 'रेड जोन'मा परेका हुन्।

 पाँच हजार सक्रिय सङ्क्रमितमध्ये काठमाडौंमा तीन हजार १८ र ललितपुरमा ५५०  सक्रिय संक्रमित रहेका छन्। एक प्रतिशतभन्दा कममा झरिसकेको संक्रमण अहिले १५ प्रतिशमा पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीमा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। शून्य सङ्क्रमित भएका जिल्ला छ वटा रहेका छन्। 

सक्रिय संक्रमितमध्ये ४ हजार ९८५ जना होम आइसोलेसन र १५९ जना संस्थागत आइसोलेसनमा छन्। सक्रिय संक्रमितमध्ये ३८ जनाको आईसीयू र पाँच जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 

नेपालमा कोरोना सङ्क्रमण पुष्टि भएदेखि आजसम्म ११ लाख ३० हजार ९३८ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये नौ लाख ७० हजार ६२५ जना सङ्क्रमणमुक्त भएका छन्।  कोरोना संक्रमणबाट ११ हजार ९६८ जनाको मृत्यु भएको छ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।