• ६ चैत २०८०, मङ्गलबार

कोदारी लोकमार्ग र मेलम्ची सडक अवरुद्ध

blog

पहिरोका कारण कोदारी लोकमार्ग र मेलम्ची सडक अवरुद्ध ।

चित्र मिजार
सिन्धुपाल्चोक, साउन १७ गते ।
अविरल वर्षाका कारण बाह्रबिसे–कोदारी लोकमार्गको डाक्लाङ र मेलम्ची–१० को सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा राजधानी पुग्ने यात्रुबाहक बस बाटैमा रोकिएका छन् । डाक्लाङ खण्डका सडक भोटेकोशी नदीले कटान गर्दा यातयातका साधान आउजाउमा गर्न सकेका छैन ।

तातोपानी भन्सारबाट काठमाडौं जाँदै गरेका दर्जनौं मालबाहक कन्टेनर र एम्बुलेन्स बाटैमा रोकिएका छन् । सडक माथिबाट पहिरो झरिरहका कारण सडक मर्मत गर्न समस्या भएको मेलम्ची नगरपालिकाले जनाएको छ ।

पहिलो पन्छाउने स्काभेटरको प्रयोग गरिए पनि पहिरो रोकिएको छैन । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलले बेलुकीसम्म पहिरो पन्छाएर यातयातका साधान सूचारु गरिने जानकारी दिनुभयो । सडक अवरुद्ध हुदाँ पाँचपोखरी थाङपाल गाउँपालिका, हेलम्बु गाउँपालिका र इन्द्रावती गाउँपालिका आउजाउमा समस्या भएको छ ।

पहिरोले सडक अवरुद्ध हुदाँ मङ्गलबार बिहानदेखि छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालन हुन सकेको छैन ।

अरनिको राजमार्गको जुरे पहिरोमा सडकमाथिबाट आएका भेलले अरनिको खण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेका अनुसार उक्त राजमार्गको महभीर नजिकैको सडक भासिँदा जोखिम मोलेर यातयात सञ्चालन हुँदै आइरहेको छ ।