• १५ चैत २०८०, बिहिबार

'परदेशी-२'को 'के वर मागी फर्क्यौ' बोलको गीत सार्वजनिक

blog

गीतमा प्रकाश सपूत र केकी अधिकारी ।

काठमाडौं, साउन १७ गते । गायक, गीतकार तथा सङ्गीतकार प्रकाश सपूतको डेब्यु फिल्म 'परदेशी-२' को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको 'के वर मागी फर्क्यौ' बोलको गीत सार्वजनिक गरिएको हो । 

गीतमा रमेश पौडेलको शब्द तथा नारायण रायमाझीको सङ्गीत र निशान भट्टराईको आवाज छ । नारायण रायमाझीले निर्देशन गर्नुभएको फिल्ममा प्रकाश र केकी अधिकारी मुख्य भूमिकामा छन् । 

दशैँको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्ममा प्रकाश र केकीसँगै वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारको पनि अभिनय छ । 

निर्देशक रायमाझी र राजेश वंशलको निर्माणमा बनेको फिल्मको कथा रमेश विजीले लेख्नुभएको हो । फिल्म असोज १४ देखि प्रदर्शनमा आउने बताइएको छ ।