• ८ वैशाख २०८१, शनिबार

तयारी अवस्थामा सुरक्षा टोली

blog

काठमाडौँ, साउन १७ गते । सरकारले विपत्जन्य घटनाको जोखिम न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ पारित गरेको छ। सो कार्ययोजनामा प्राकृतिक विपत्‌बाट  बच्नका लागि सबै सरोकारवाला मन्त्रालय, प्रदेश तथा स्थानीय तहको भूमिका तथा जिम्मेवारी निर्धारण गरिएको छ। 

ती निकायले आ–आफ्नो ठाउँबाट प्रभावकारी रूपमा काम गर्नुपर्ने मान्यताका साथ प्रतिकार्य राष्ट्रिय योजना निर्माण गरिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सातवटै प्रदेशमा सजग गराइएको छ भने प्राकृतिक विपत्का घटना भएमा नेपाली सेनाको हेलिकोप्टरलाई तयारी अवस्थामा राखिएको छ। 

त्यसैगरी विपत्मा पर्न सक्ने खाद्यान्न सङ्कटको अवस्थालाई ध्यान दिएर खाद्यान्न आपूर्ति र भण्डारणको अवस्थालाई पनि सरोकारवाला निकायले व्यवस्थापन गरिरहेको उहाँले बताउनुभयो।