• १५ चैत २०८०, बिहिबार

लगातारको वर्षाले जनजीवन कष्टकर

blog

कटारी नगरपालिका–७ रिस्कूस्थित बैजनाथ खोलाले बगाएको ट्रक । तस्विरः गोरखापत्र

इटहरी, साउन १७ गते । पुर्वी पहाडी जिल्लामा केही दिनदेखि परेको अविरल वर्षाका कारण झापा, मोरङग र सुनसरीका अधिकांस भुभाग जलमग्न भएका छन् भने केही पहाडी जिल्लामा बाढी तथा पहिरोको खतरा कारण कटारीको जनजीवन प्रभावित भएको छ । 

वर्षापछि आएको बाढीले कटारी नगरपालिका–७ रिस्कूस्थित बैजनाथ खोलामा आएको बाढीले एउटा ट्रक बगाएको छ । सोमबारेबाट रिस्कूतर्फ हिँडेको बागमती प्रदेश ००३००१ ख २०६१ नम्बरको ट्रक बगाएको हो । बाढी आएपछि खोला किनारमा रहेको खाली ट्रक बगाएको स्थानीयले बताएका छन् । रिस्कूतर्फ काठ लिन हिँडेको खाली ट्रक खोलाले बगाएको हो ।

त्यसैगरी डुबानका कारण तराइका विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ । डुबान तथा कटान हुन थालेपछि स्थानीय जनप्रतिनिधिका साथै प्रशासनिक र सुरक्षा निकायले प्रभाव नियन्त्रणका लागि काम सुरु गरेका छन् ।

Author

सचिन पोख्रेल