स्थानियले गाँउमै ऋण गरेर बिद्युत बाले


बिस्नप्रसाद न्यौपाने,  
कालिकोट माघ ८ गते । कालिकोट जिल्लाको छाप्रे गाविसका स्थानियवासीहरुले गाउमै ऋण गरेर ढाँड्खोला जलबिद्युत आयोजना मार्फत बिद्युत बालेका छन् । एक करोड १३ लाख लागतमा २०६९ साल असार महिनादेखी संचालन भएको सो आयोजना फेरी २०७० असार ३ गतेको बाढीले बगाएपछि अहिले स्थानियले ऋण गरेर बिद्युत बालेका हुन् ।
     कालिकोट जिल्लाको अति विकट गाविसका रुपमा रहेको छाप्रे गाविस जुम्ला सुर्खेत राजमार्ग संचालन पछि यातायात सेवा उभोग गर्न पाएपनि बिद्युत सेवाबाट बन्चीत नै रहेको थियो । गरिबि निबारणबाट २१ लाख, बैकल्पीक उर्जाबाट २७ लाख ९० हजार, ८ लाख ४५ हजार जिल्ला विकास समितिबाट, ४ लाख ६२ हजार किर्डाक नेपाल कालिकोटबाट र २ लाख गाउ विकास समितिबाट बिनियोजित बजेटबाट बनेको सो आयोजना ०७० असार ३ गते आएको अबिर बर्षा पछिको बाडीले बगाएपछि छाप्रे गाविस अन्धकार बनेको हो ।
         छाप्रेका २ सय २१ घरधुरीहरु लाभान्वीत भएको आयोयना पुनः संचालनका लागि १३ लाख ५० हजार रुपैया स्थानियले ऋण गरे्र बिद्युत बालेका छन् । ०७० असार ३ गतेबाट बन्द रहेको सो आयोजना संचालनका लागि बिभिन्न निकायहरुबाट सहयोग लिदा पनि नपुगेपछि स्थानियहरु १३ लाख ५० हजार रुपैया गाउमै ऋण गरेर बिद्युत जलाएका छन् । मर्मत खर्च जम्म ४४ लाख लागेको छ । जसमा ४ लाख प्रधानमन्त्री राहत कोषबाट, २ लाख ४० हजार बैकल्पीक उर्जाबाट, २१ लाख गरिबि निबारणबाट र बाकी १३ लाख ५० हजार ऋण गरेर बिद्युत संचालन गरेको उपभोक्त समितिका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, छाप्रेका स्थानियवासीहरुको सक्रियतामा बिद्युत आयोजना मर्मत भएपनि ऋण गरेको पैसा कसरी तिर्ने भन्ने चिन्ता रहेको छ ।   
          कालिकोट जिल्लामा रहेका अन्य बिद्युत ायोजनाहरु सबै ०७० असार ३ गतेको बढीले बगाएपछि कालिकोट जिल्लानै अन्धकारमय बनेको छ । सोही समयमा बाढीले बगाएका सबै आयोजनाहरु मध्य पुन संचानमा आउने यो पहिलो आयोजना हो । जिल्लाको सबैभन्दा ठुला आयोजना ५ सय किलोवाटको पोत्मारा साना जलबिद्युत आयोजना अहिले सम्म अलपत्र परेको छ । जिल्ला सदरमूकामदेखी रकु, मेहेलमुडी, मुम्रा, सिपखाना, स्यूना गाविसमा बितरण गरिएको सो आयोजना अहिलेसम्म पनि बन्न सकिरहेको छैन् ।
        बिद्युत नहुदा जिल्लाको समग्र विकास निर्माणका कामदेखी अत्यावश्यक सूचना प्रबिधिहरु पनि प्रभावित भएका छन् । जिल्लामा संचालन दुईवटा रेडियोहरु पनि बैकल्पी उर्जाबाट प्राप्त सोलारबाट संचालन रहेका छन् भने छापा माध्यमहरु जेनेटरको प्रयोगबाट संचालन गरिरहेका छन् । लामो समयपछि ठेक्का लिएका निर्माण व्यवसायी नेत्रबहादुर शाहीले पोत्मारा साना जलबिद्युत आयोजना आगामी फाल्गुण महिनासम्म काम पुरा हुने बताउनुभयो । जिल्लामा अन्य कागजि आयोजनाहरु प्रसस्तै भएपनि प्रयोगमा भने यो आयोजना पहिलो हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना