कोइराला लोकतन्त्रको अथक योद्धाः प्रचण्ड, खनाल, पौडेल

नारद गाैतम, काठमाडौँ, माघ २६ गते ।

शालीन र सादगी नेता
झलनाथ खनाल
पूर्व प्रधानमन्त्री
उहाँको निधनको दुखद खबर मैले राती सुने । त्यो खबरले म अत्यन्त मर्माहत भएँ । उहाँको नेपाली कांग्रेसको सभापति र पूर्व प्रधानमन्त्रीसमेत हुनुहुन्थ्यो । उहाँको कांग्रेसको शालीन र सादगी नेताको प्रतीकको रुपमा नेपाली कांग्रेसका धेरै नेता कार्यकर्ताले उहाँलाई उच्च सम्मान गर्दथे । त्यस्तो नेताको निधन देशको लोकतान्त्रिक आन्दोलनको निम्ति ठूलो क्षति हो । उहाँप्रति नेकपा (एमाले)को तर्फबाट र मेरोतर्फबाट हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।  नेपाल अहिले संविधान निर्माणमा कोइरालाको योगादान नेपालको इतिहासमा अविस्मरणीय रहने छ । उहाँले लोकतन्त्रका निम्ति लोकतन्त्र स्थापना र विकासका निम्ति उहाँले अत्यन्त ठूलो योगदान दिनुभएको छ ।

होनाहार नेता
रामचन्द्र पौडेल
उपसभापति, नेपाली कांग्रेस
सुशील कोइरालाले अत्यन्त निष्ठानवान्, त्यागी र लोकतन्त्रका लागि अठान लिने होनाहार नेता हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली कांगे्रस, नेपाली जनता र पार्टी पङ्क्ति मर्माहत भएको छ । सामान्य परिवारमा जन्मेर नेपाली कांग्रेसको पार्टी सभापति एवं प्रधानमन्त्रीसम्म बन्न सफल हुनु भएका कोइराला नेपाली जनताको हित र लोकतन्त्रलाई सबल बनाउन अविचलित रहनु भयो । प्रजातन्त्र, लोकतन्त्र स्थापना र संविधान निर्माणदेखि कार्यान्वयन गर्ने क्रममा उहाँले पु¥याएको योगदानलाई म उच्च सम्मान गर्दछु । उहाँको निधनमा शोकमा हरेका तमाम नेता तथा कार्यकर्तालाई धैर्य र संयम रहन अपिल गर्दछुृ ।

लोकतन्त्रको अथक योद्धा
पुष्पकमल दाहाल प्रचण्ड
सुशील कोइरालाको निधनको खबर एउटा आकस्मिक खबर जस्तो भयो । म त धनकुटामा थिएँ । यसले हाम्रो पार्टी र मलाई स्तब्ध भएको छ । उहाँ लोकतान्त्रिक आन्दोलनको एउटा अथक योद्धाको रुपमा स्थापित नेता हुनुहुन्छ । उहाँले पञ्चायतविरोधी आन्दोलनमा खेलेको भूमिका आम नेपाली जनतालाई प्रस्टरुपमा थाहा नै छ । पछिल्लो चरणमा संविधानसभामा संविधान बनाउने क्रममा ठूलो पार्टीको अध्यक्षको हैसियतमा स्मरणीय भूमिका खेल्नुभएको छ । राजनीति र देशकै समर्पित नेताको रुपमा उहाँले आफ्नो छवि बनाउनु भएको छ । उहाँको निधनले संविधान कार्यान्वयनको चरणमा ठूलो क्षति पु¥याएको छ । सबै राजनीतिक शक्तिको एकताको खाँचो रहेको बेलामा उहाँसँग कुरा हुँदा राष्ट्रिय एकता हामी सबै मिलेर नै संविधान कार्यान्वयन र भूकम्पपछिको पुननिर्माण गर्नुपर्छ भन्नेमा उहाँले एकताबद्ध भएर जानुपर्छ भनेर मलाई भन्नुभएको थियो । जनताको परिवर्तन र समृद्ध देश बनाउने आउँको आँकाक्षा थियो । उहाँको निधनले यस प्रक्रियामा ठूलो क्षति पुगेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना