मूल समारोह समिति गठन

काठमाडौँ, माघ ७ गते । काठमाडौँ महानगरपालिकाले यस वर्षको सहिद सप्ताह मनाउन मूल समारोह समिति गठन गरेको छ ।

महानगरपालिकाका कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय समिति गठन भएको हो ।

समितिको सदस्य–सचिवमा महानगरपालिका समन्वय महाशाखाका प्रमुख धनपति सापकोटा हुनुहुन्छ भने सदस्यमा सबै राजनीतिक दलका प्रतिनिधि, महानगरपालिकाका विभागीय तथा आयोजना प्रमुखहरु रहनुभएको छ ।

महानगरपालिकाले यही माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गर्दछ । माघ १० गते शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थान पचली, १३ गते सहिद धर्मभक्त माथेमाको स्मरणमा सिफल, १५ गते सहिद दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सम्झनामा शोभाभगवतीमा विशेष कार्यक्रम गरिने छ ।

त्यस्तै १६ गते शान्तिबाटीकाबाट प्रभातफेरीसहित लैनचोरस्थित सहिद स्मारकमा ज्ञात तथा अज्ञात सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरिने सदस्य–सचिव सापकोटाले जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना