• ६ चैत २०८०, मङ्गलबार

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प

blog

–सामाजिक सञ्जालबाट

काठमाडौं, साउन १५ गते । खोटाङ  केन्द्रबिन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ । आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिनविर्ता केन्द्रबिन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । खोटाङलगायत देशभर भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको विस्तृत रिपोर्ट भने आउन बाँकी रहेको छ ।


स्थानीय तह र अन्य सुरक्षा निकायसँग समन्वय गर्दा क्षतिको विवरण आइनपुगेको, टेलिफोन र विजुली सुचारु अवस्थामा रहेको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेँडाईले जानकारी दिनुभयो । साता दिनदेखि लगातार पानी परेकाले राजमार्गहरु अवरुद्ध हुने सम्भावना बढी रहेकाले विपद् जोखिम न्यूनीकरण र उद्धारका लागि तयारी अवस्थामा रहेको समेत उहाँले बताउनुभयो ।  


Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।