ट्रमा सेन्टर हस्तान्तरण गरिँदै

काठमाडौँ, मङ्सिर ७ गते । लामो समयको प्रतीक्षापछि नेपालको एक मात्र राष्ट्रिय ट्रमा सेन्टर औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ ।

भारतीय सरकारको पूर्ण सहयोगमा नेपाल सरकारको जमिनमा निर्माण सुरु भएको सेन्टर आठ वर्षपछि औपचारिक रुपमा सञ्चालनमा आउन लागेको हो । मङ्गलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरी औपचारिक रुपमा दुवै प्रधानमन्त्रीले सेन्टरको उद्घाटन गर्नुहुनेछ ।

दक्षिण एसियामै नमुना सेन्टर बनाउने सोचका साथ १८ वर्षअघि तत्कालीन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजराल र नेपालका तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले संयुक्त रुपमा सन् १९९७ जुन ६ मा शिलान्यास गर्नुभएको थियो । शिलान्यास भएको करिब छ वर्षपछि सन् २००३ मा दुवै देशबीच ट्रमा सेन्टर निर्माण गर्ने सहमति भएको थियो ।

दुई देश भवन निर्माण गर्ने सहमति भए पनि सन् २००६ मा आएर मात्र भनव निर्माण सुरु भई सन् २००९ मा सम्पन्न भएको भयो । विभिन्न बाधा÷अवरोधका कारण नेपाल सरकारलाई हस्तान्तरण भने हुन सकेको थिएन । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोको प्रस्तावमा तत्कालीन मन्त्रिपरिषद्ले भारतबाट हस्तान्तरण नहुँदै ट्रमा स्वास्थ्य मन्त्रालय मातहत रहने निर्णय गरेको थियो । त्यसलगत्तै सन् २०१२ मा मन्त्रालयले सेन्टरको कार्यकारी निर्देशकमा प्रा डा अशोकरत्न वज्राचार्यलाई नियुक्त गरेको थियो ।

त्यसलगत्तै कार्यालय राख्न एउटा तला प्रयोग गर्ने अनुमति लिएका लिएर हप्तामा सोमबार र बिहीबार दिउँसो बहिरङ्ग सेवा सञ्चालन हुँदै आएको छ ।

“सेन्टर निर्माण भएको झन्डै साढे तीन वर्ष बेवारिसे अवस्थामा रह्यो”– सेन्टरका कार्यकारी निर्देशक प्रा डा वज्राचार्यले रासससँग भन्नुभयो, “निकै जटिल परिस्थिति गुजारेर यो अवस्थासम्म आइपुगेको हो ।” त्यसपछि सरकारले सन् २०१२ मा आफूअन्तर्गत राखेर नेपाल सरकारका अन्य अस्पतालका कर्मचारीलाई ल्याएर काम सुरु ग¥यो । एघार रोपनी क्षेत्रफलमा निर्माण गरिएको नौतले सो भवन भूकम्प प्रतिरोधात्मक छ । यसमा रु एक अर्बभन्दा बढी खर्च भइसकेको छ ।

ट्रमा सेन्टर के हो
सेन्टर हाडजोर्नीसम्बन्धी चोटपटक लागेका बिरामीको उपचार गर्ने ठाउँ हो जहाँ दुर्घटना वा अन्य कुनै कारण चोट लागेका बिरामीलाई आपत्कालीन उपचार गरिन्छ । ट्रमामा पूर्ण विशेषज्ञ सेवा दिइने भएकाले हाडजोर्नी तथा नशा, मुटु शल्यचिकित्सव, प्लास्टिक सर्जन, नाक, कान घाँटी र दन्त शल्य चिकित्सकको समूह आवश्यक हुन्छ । सो सेन्टरको अहिलेको दरबन्दी ५० शैय्याको हो भने लक्ष्य चाहिँ २०० शैय््याको रहेको छ ।


“पूर्ण रुपमा सञ्चालन आउन सयम लाग्छ, तर जतिसक्दो चाँडो सञ्चालन गर्ने तयारी छ” बज्राचार्यले भन्नुभयो, “सुरुमा आधारभूत सेवा दिन्छौँ, बिस्तारै सबै सेवा दिन्छौँ ।” उहाँका अनुसार विशिष्ट उपकरणसहित विषयविज्ञ चिकित्सकद्वारा सेवा दिइन्छ र अकालमा हुने मृत्युबाट बचाउन सकिन्छ ।

नागरिक पहुँच
सर्वसाधारण नेपालीलाई सःशुल्क सेवा दिने वा निःशुल्क दिने भन्ने कुरा सरकारले नीतिगत रुपमा तय गर्छ । यो विशिष्ट र महँगो सेवा हो । अस्पतालमा दैनिक एक शैय््याको रु ४५० लाग्छ तथा अरु रु तीन हजार ५०० खर्च हुन्छ । “यो पैसा कहाँबाट ल्याउने ? सरकारले त्यो रकम उपलब्ध गराउने व्यवस्था गर्नुप¥यो । “सेवा गुणस्तरीय हुनुप¥यो, नत्र नागरिकको स्वास्थ्यमा खेलबाड गर्न त भएन नि ?” बज्राचार्यको थप्नुभयो । नेपाल सरकारको केन्द्रीय संस्थाको रुपमा राख्नुपर्छ भन्ने उहाँको माग छ ।

सेन्टरको आवश्यकता
ट्रमाको अवधारणा अमेरिकाको क्युबेन सहरबाट सुरु भएको हो । राम्रो ट्रमा सेन्टर भएमा दुर्घटनामा परेकाहरूको मृत्युदर ६५ प्रतिशतबाट ८÷६ प्रतिशतमा झार्न सकिन्छ ।

नेपालमा दुर्घटनामा परेर मृत्यु हुनेमा पाँच देखि ४४ वर्ष उमेरका मानिस बढी रहेको तथ्याङ्क छ । नेपालमा बढ्दै गएको सवारी दुर्घटनालाई हेर्दा सन् २०२० सम्ममा मृत्युको तेस्रो कारण सवारी दुर्घटना बन्न सक्ने स्वास्थ्य मन्त्रालयको अनुमान छ ।

अहिले सवारी दुर्घटना नेपालमा मृत्युको चौथो कारण बनेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनअनुसार नेपालमा सडक दुर्घटनाका कारण दैनिक तीन जनाको मृत्यु तथा १२ जना गम्भीर घाइते हुने गरेका छन् । नेपालमा सेन्टरमा सञ्चालन भएमा दुर्घटनाबाट हुने मृत्युको कारण निकै कम हुने विश्वास गरिएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना