• ६ चैत २०८०, मङ्गलबार

अनाथलयलाई जुडो प्रेमीको सहयोग

blog

श्रृजनशील बाल गृहलाई सहयोग हस्तान्तरण गरिँदै । तस्बिर सौजन्य : राखेप

काठमाडौं, साउन १४ गते । किवानिज क्लब अफ एभरेष्टले सञ्चालन गर्दै आएको जुडो फर किड्स कार्यक्रमअन्तर्गत गोठाटारमा रहेको अनाथलय सृजनशील बाल गृहलाई शनिबार सहयोग हस्तान्तरण गरिएको छ ।

अस्ट्रेलियामा बस्दै आएका जुडो खेलाडी मोहन बमको पहलमा जुडो प्रेमी फ्रान्सका लाउरेन्ट डि ओलिभरले जुटाएको आर्थिक सहयोगबाट सृजनशीललाई सहयोग हस्तान्तरण गरिएको हो ।

अनाथलयमा आश्रित बालवालिकाका लागि ४५ हजार रुपियाँको खाद्यान्न, त्यहाँ प्रशिक्षणरत जुडो खेलाडीका लागि ४२ हजार ५ सयको गी र त्यहाँका जुडो प्रशिक्षक उत्तमप्रताप राणाको पारिश्रमिक वापत ५० हजार रुपियाँ सहयोग हस्तान्तरण गरिएको थियो । सृजनशीलको भाडा वापत ६० हजार रुपियाँ पनि हस्तान्तरण गरियो ।

कागेश्वरी मनोहरा नगरपालिका वडा ९ का अध्यक्ष अनिल थापा, किवानिजका डिस्ट्रिक्ट प्रमुख सल्लाहकार दामोदर दाहाललगायतले श्रृजनशीलकी अध्यक्ष उमादेवी बस्नेतलाई एक कार्यक्रमबीच सहयोग हस्तान्तरण गर्नुभयो । विगतमा पनि लाउरेन्टले सृजनशीललाई सहयोग गर्नुभएको थियो । 

कार्यक्रममा अध्यक्ष थापाले संस्थाको स्थायी भवनको लागि नगरपालिका भित्र सरकारी जग्गा भोग चलनको लागि पहल गर्ने प्रतिबद्धता जनाउदै सहयोगी मन लाउरेन्टदे ओलिभर, दामोदर ढकाल र मोहन बमलाई धन्यवाद दिनुभयो ।