• ६ चैत २०८०, मङ्गलबार

परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेटवार्ता

blog

तस्बिर : परराष्ट्र मन्त्रालयबाट

काठमाडौं, साउन १३ गते । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

बिहीबार अपराह्न काठमाडौं आइपुग्नुभएका लूले शुक्रबार परराष्ट्रमन्त्री खड्कासँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

भेटमा उहाँहरुबीच विकास सहयोग, आर्थिक सहयोग, खाद्य सुरक्षा र कोभिड–१९ विरुद्धको खोपलगायतका विभिन्न क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यसअघि गत मङ्सिरमा नेपालको भ्रमण गरिसक्नुभएका उहाँ दुई दिन नेपालमा रहनुहुनेछ ।

सहायक विदेशमन्त्री लूले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ ।