भारतको लज्जास्पद पराजय


ब्रिसबेन (अस्ट्रेलिया), माघ ६ गते । तेज बलरद्वय स्टिभ फिन र जेम्स एन्डरसनले मिलेर नौ विकेट लिएपछि मङ्गलबार इङ्गल्यान्डले त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृङ्खलामा भारतलाई एकपक्षीय तरिकाले नौ विकेटले हराएको छ ।
फिनले ३३ रनमा पाँच र चोटमुक्त भई मैदानमा फर्केका एन्डरसनले १८ रनमा चार विकेट लिएर टस जिती पहिले ब्याटिङ गरेको भारतको पालि ३९.३ ओभरमा मात्र १५३ रनमा समाप्त पार्नुभयो । इङ्ल्यान्डले २८ औँ ओभरमा लक्ष्य हासिल गरी बोनस अङक पनि प्राप्त गर्यो । इयान बेलले ८८ र जेम्स टेलरले ५६ रन बनाएर अविजित १३१ रनको साझेदारी निर्वाह गरेपछि भारत बलिङबाट पनि निराश बन्यो ।
पछिल्लो खेलमा पनि अस्ट्रेलियासँग हारेको भारतलाई अब फाइनलमा पुग्न बाँकीका दुई खेल बोनस अङ्कका साथ जित्न आवश्यक भएको छ । इङ्ल्यान्ड पनि पहिलो खेलमा आयोजक अस्ट्रेलियासँग पराजित भएको थियो । भारतविरुद्ध अर्धशतकीय पालि खेल्ने बेल र टेलर दुवै अस्ट्रेलियाविरुद्धको खेलमा शुन्यमा नै आउट हनुभएको थियो ।
एन्डरसनले तेस्रो ओभरमा नै भारतका प्रारम्भिक ब्याट्सम्यान शिखर धवनलाई पभेलियन फर्काएर आफनो टिमलाई सकारात्मक सुरुवात दिलाउनुभएको थियो । जसले भारतको स्थ्तिि १–१ भएको थियो । त्यसपछि अजिन्के रहाणे (३३ रन) र अम्बाटी रायडुले दोस्रो विकेटका लागि ४६ रनको साझेदारी निर्वाह गरेपछि भारतको पालि सम्हालिने आसार देखियो तर फिन र एन्डरसनले लगातरा विकेट लिएर विश्व च्याम्पियन भारतलाई समस्यामा पार्यो ।
भारतका लागि अलराउन्डर स्टुवार्ट बिनीले सर्वाधिक ४४ रन बनाउनुभयो । कप्तान महेन्द्र सिंह धोनीले पनि ३४ रनको योगदान दिनुभएको थियो । बिनीले बलिङ गरेर पनि इङ्गल्यान्डको पालिमा आउट भएको एक मात्र विकेट हात पार्नुभयो । बिनीले मोइन अलीलाई ८ रनमा आउट गर्नुभएको थियो । त्यसपछि भारतका बलरले थप विकेट लिन सकेन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना