समाजको पिँधसम्म नपुगेको राजनीति

bibas wostiविवश वस्ती

हरेक राजनीतिक आन्दोलन वा क्रान्तिका सञ्चालकले जनताको मुक्तिलाई सर्वोपरी ठानेर र जनतालाई सुखी र खुशी तुल्याउने परिकल्पनासहित जोखिमयुक्त राजनीतिक यात्रा चालेका हुन्छन् । यसमा सन्देह मान्नुपर्ने आधार भेटि“दैन । आन्दोलन वा क्रान्तिको अवधिभर र आन्दोलनले सफलताको बिन्दु चुमेको केही समयसम्म उनीहरूका जन–मुक्ति वा सामाजिक परिवर्तनका एजेन्डा मूलप्रवाहमा नै हुन्छन् तर समयान्तरमा आन्दोलनताका आफूले उठाएका मुद्दा, जनपङ्क्तिबीच आफूहरूले बा“डेका सपना र आफूहरूले निर्माण गर्नुपर्ने भावी गोरेटाप्रति क्रमशः विमुख र विस्मृत हु“दै जानु त्यस्ता राजनीतिक शक्तिहरूको नियमित कार्ययोजना बन्न पुग्छ र अन्ततः जनताले आफ्नो विश्वासपात्र वा शक्ति गुमाएको महसुस गर्छन् ।
नेपालका राजनीतिक शक्तिहरू पनि यो नियतिको जञ्जालमा बारम्बार फस्दै गएका छन् । जनपङ्क्तिमा आफूहरूले बा“डेका सपनाको संसारबाट पटक–पटक च्युत हु“दै जानु र त्यही कारण आफू उभिएको धरातलबाट कल्पना गरिए विपरीत ध“सिदै जानु त्यस्ता राजनीतिक शक्तिहरूका निम्ति नियमित प्रक्रियाजस्तै बन्न पुगेको छ । जनताको चेतना स्तर र शक्तिलाई कम आ“केर उनीहरूलाई मध्यकालीन समाज र समयका दास र रैतिकै हैसियतमा हेरेर व्यवहार गर्ने र त्यस्तै स्तर र शैलीका स्वप्नहरू वितरण गर्ने प्रवृत्तिले नेपाली राजनीतिमा स्थान जमाइरहेको छ र अधिकांश राजनीतिक शक्तिहरूले जनताको चेतना स्तरलाई न्यून मापन गर्ने शैली पछ्याएकै कारण जनपङ्क्तिमा त्यस्ता शक्तिहरू स्थापित हुने क्रम पनि घट्दो छ र समाजमा नवीन चिन्तन र विचारधाराको अभ्युदय हुने र त्यसले नै जनमान्यता पाउने स्थिति प्रबल बन्दै जानु स्वाभाविक देखिएको छ । तथापि, नवीन चिन्तन एकै पटक अङ्कुरित हुने विषय पनि होइन । त्यसका निम्ति पूर्ववर्ति विचार, चिन्तन, सामाजिक मान्यता र परिवेश र चेतनाले पनि निर्णायक भूमिका खेलेको हुन्छ । हावामा निर्माण हु“दैन । नया“ शक्ति र विचार । हावामा विचारको महल निर्माण गर्न चाहनेहरूले जनतालाई क्षणिक समयसम्म भ्रममा पार्न सक्षम रहे पनि कालान्तरमा त्यो पानीको फोका सावित हुने हैसियतभन्दा माथि पुग्दैन ।
देशमा व्याप्त भय, आतङ्क, अन्योलपूर्ण परिस्थिति र सामाजिक–राजनीतिक जडताले जनतालाई निरीह र निर्बोध मात्रै बनाउने तथ्यबाट कोही पनि टाढा हुन सक्दैनन् । भय र आतङ्करहित एवं जडता–विमुख समाज निर्माण नभएसम्म जनताले न स्वतन्त्र तरिकाले आफ्नो दैनिक व्यवहार र क्रियाकलाप सञ्चालन गर्न सक्छन्, न त कुनै पेसा, व्यवसायमा नै रमाउन सक्छन् । आर्थिक समृद्धि र उन्नतिका ढोकाहरू खुल्नका लागि पनि आतङ्क र भयरहित वातावरणको निर्माण हुनु उत्तिकै आवश्यक छ तर लामो समयसम्मको द्वन्द्व, त्यसले पु¥याएको सामाजिक–मनोवैज्ञानिक तनाव र असर, शान्ति प्रक्रियापछि पनि सङ्गलिन नसकेको राजनीतिक धमिलोपना, प्राकृतिक विपत्ति र अहिले तराई–मधेसमा जारी आन्दोलनको प्रभावले गर्दा अझँै पनि नेपालीको मन, मस्तिष्कमा दुई दशकपूर्व नै अङ्कुराएको भय र त्रासका अङ्कुरका जराहरू उखेलिइसकेको छैन । बेला–बेलामा सत्ता–सोपानमा मग्न नेतागणले मानवीय जीवन र सौन्दर्यलाई समृद्ध तुल्याउने मार्मिक बचन व्यक्त नगरेका होइनन् र जनताको संवेदनालाई जगाउने कार्यमा बाजी नमारेका पनि होइनन् तर ती कार्य अभिव्यक्तिको तहसम्म मात्र सीमित रह“दै आएका छन् । त्यसले सार्थक र उच्च धरातल पहिल्याउन सकिरहेको स्थिति छैन ।
त्यसो त, समाजको पि“धमा विदु्रप, अशक्त र आर्थिक सङ्कटले गा“जेका पात्रहरूको बाहुल्य छ । उनीहरूले सदियौँंदेखि भोग्दै आएको उपेक्षित जीवन नै जिइरहेका छन्, अहिलेसम्म । सामाजिक जीवन र विकासको मूलधारसम्म पहु“च नभइकनै उनीहरूका जीवन समाप्त हुन्छन् । राजनीतिक शक्तिहरू, सामाजिक अभियन्ता, बुद्धिजीवी, परिवर्तनका बाहक ठान्नेहरूले त्यस्ता पात्रहरूलाई केन्द्रमा राखेर क्रियाशील रहेको र योजनाहरू निर्माण गरेको बताउ“दै आए पनि यथार्थतः उनीहरूले उपेक्षित, उत्पीडित र आर्थिक, सामाजिक आधार बिना नै जीवन यापन गरिरहेका छन् । शोषित, निम्न र अल्पसङ्ख्यकको तहमा रहेका त्यस्ता जनता र वर्गप्रति राज्यले केही सद्भाव प्रकट गरे पनि उनीहरूलाई समाजको पि“धबाट माथि उठाएर आत्मसम्मानयुक्त नागरिक बनाउने दिशामा राज्यको ध्यान पुगिरहेको छैन । त्यसो त, सीमान्त तहका वर्गले आज जुन आर्थिक दरिद्रता भोगिरहेका छन्, त्यसमा सदियौंँदेखि समाजमा व्याप्त सामन्ती प्रथा र भूस्वामित्वलाई मुख्य कारक मान्न सकिन्छ । साथै, अशिक्षा र त्यसले उब्जाएको सामाजिक रुढिवादले पनि सीमान्त वर्गलाई माथि उठ्न दिइरहेको छैन र देशका अधिकांश राजनीतिक शक्तिहरूका एजेन्डासामु सीमान्त वर्गले भोगिरहेको समस्या प्रमुखताका साथ प्रवेश नपाउनु नै दुःखद् र दुर्भाग्यको विषय हो ।
विगतदेखि नै नेपालको राजनीतिमा सम्भ्रान्त वर्गको पहु“च रह“दै आयो । राणाकालीन समयको कुरै भएन, ००७ सालको क्रान्तिपछि र पञ्चायतकालभरि नै सम्भ्रान्त र ठालु वर्गहरूले नै राजनीतिमा कब्जा जमाए । ०४६ सालपछि केही मध्यम वर्गको राजनीतिमा प्रवेश त भयो, ती वर्गले पनि समयक्रममा सम्भ्रान्तहरूकै पदचिन्ह पछ्याए । राजनीतिमा सीमान्त तह र वर्गको पहु“च र आवाज ०६२÷६३ को जनआन्दोलनपछि सापेक्षिक रूपमा उकासिए पनि ती वर्गको हातमा बागडोर भने अहिलेसम्म आइसकेको स्थिति छैन । तसर्थ, जुन वर्ग राजनीति÷सत्ताको केन्द्रमा हुन्छन्, त्यो वर्गले आफ्नै वर्गको हित र रक्षाको पोषण गर्ने हो र जबसम्म त्यस्ता वर्ग राजनीतिमा हाबी रहन्छ । उनीहरूले समाजको पि“धमा रहेका जनतालाई जड र चेतनाहीन ठान्ने र त्यही अनुरूप व्यवहार प्रदर्शन गर्नु अनौठो पक्ष होइन । जबसम्म सीमान्तकृत वर्गलाई निष्प्राण र शिथिल समुदाय ठानेर राजनीतिमा केन्द्रीय भूमिका निर्वाह गर्नेहरूले
सोहीअनुरूपको व्यवहार देखाउ“छन्, सोहीअनुरूपको चिन्तन र कार्यशैलीमा अडिग रहन्छन्, तबसम्म समाजको पि“धमा रहेका जनताको समस्या र सङ्कट यथावत नै रहन्छन् । त्यस्तो स्थितिमा जनताको मुक्तिलाई सर्वोपरी ठानेर राजनीति गर्ने शक्तिको इच्छा, चाहना र एजेन्डा विस्तारै धूमिल र अस्पष्ट हु“दै जानु स्वाभाविक ठानिन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना