• ६ चैत २०८०, मङ्गलबार

तीन राष्ट्रलाई आईसीसी सदस्य

blog

काठमाडौं, आउन ११ गते । विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सदस्य राष्ट्र १०८ पुगेको छ । इङ्ल्यान्डको बर्मिङ्गममा भएको आईसीसीको वार्षिक साधरण सभाले तीन राष्ट्रलाई सदस्यता दिने निर्णय गरेसँगै आईसीसीमा आबद्ध राष्ट्र १०८ पुगेको हो ।

आईसीसीको साधारण सभाले कम्बोडिया, उज्वेकिस्तान र आइभरी कोस्टलाई नयाँ सदस्यता दिने निर्णय गरेको हो । एसियाबाट कम्बोडिया र उज्वेकिस्तान तथा अफ्रिकाबाट आइभरी कोस्टलाई एसोसिएट सदस्यता दिइएको हो । अब आईसीसीमा आबद्ध हुने पूर्ण सदस्य सङ्ख्या १२ र एसोसिएट सदस्य संङ्ख्या ९६ पुगेको छ । एजेन्सी