वीरगन्ज–रक्सौल नाका पुनः अवरुद्ध

bir 2वीरगन्ज, माघ १५ गते। झण्डै पाँच महिनादेखि बन्द रहेको वीरगन्ज रक्सौल भन्सार नाका आज बिहान केही घण्टाका लागि खुलेपनि पुनः अवरुद्ध भएको छ ।

उक्त नाका भएर आज बिहान पाँचवटा मालबाहक ट्रक नेपाल भित्रिएका थिए भने तीनवटा खाली ट्रक सीमावर्ती भारतीय सहर रक्सौलतर्फ गएका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताउनुभयो । नेपाल भित्रिएका मालबाहक ट्रकमा मेसिनरी औजार रहेको बताइएको छ ।

नाका खुलेको खबर सार्वजनिक हुना साथ मधेस केन्द्रित दलका कार्यकर्ताले पुनः नाका अवरुद्ध पारेका छन् । आन्दोलनकारीले नेपाल भारत सीमामा रहेको मितेरी पुलमा टायर बालेर प्रदर्शन गरेपछि पुनः नाका अवरुद्ध भएको हो । रासस

–––––

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना