• ६ चैत २०८०, मङ्गलबार

प्रेस स्वतन्त्रताबाट मात्रै नागरिक अधिकारको पूर्ण सुनिश्चितता हुन्छ : प्रधानमन्त्री देउवा

blog

प्रधानमन्त्री शेरबहादुर देउवा सम्बोधन गर्नुहुँदै । तस्बिर : रासस

काठमाडौं, साउन ११ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारमाध्यमहरुलाई समय सुहाउँदो रुपमा परिमार्जित गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा राष्ट्रिय समाचार समिति (रासस)को नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।


प्रधानमन्त्री देउवाले विश्वमा सूचना तथा प्रविधिको द्रुतगतिमा भइरहेको विकासलाई दृष्टिगत गरेर सहज र आधुनिक माध्यमबाट नागरिकलाई सत्यतथ्य सूचना प्रकाशन गर्न सक्नुपर्ने बताउनुभयो । सत्यतथ्य सूचना प्रसारण गर्न सकेमात्र लोकतन्त्र संस्थागत हुने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री देउवाले नागरिकको सूचनाको हकलाई निश्चित गर्न सञ्चारमाध्यमलाई थप चुस्त बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।


उहाँले नागरिक शिक्षित र सुसूचित भएमात्रै सरकार जिम्मेवार बन्नसक्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले नागरिकलाई शिक्षित र सुसूचित गर्ने गरेर सञ्चारमाध्यमहरुले सत्यतथ्य सूचना प्रसारण गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।


प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘नागरिकको सूचनाको हकलाई निश्चित गर्न सञ्चारमाध्यमलाई थप चुस्त बनाउन आवश्यक छ । नागरिक जति सुसूचित हुन्छन् सरकार त्यति नै जवाफदेही बन्न बाध्य हुन्छ । अतः नागरिकलाई शिक्षित र सुसूचित गर्ने गरेर सञ्चारमाध्यमहरुले सत्यतथ्य सूचना प्रसारण गर्न जरुरी छ । तथ्यहीन, भ्रामक समाचारमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकहरुमा भ्रामकता सिर्जना हुन्छ । त्यसले पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार गर्दछ ।’’


तथ्यहीन, भ्रामक समाचारमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकहरुमा भ्रामकता सिर्जना हुने र पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार हुने भएकोले स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाले बताउनुभयो ।


प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘समाचार सम्प्रेषण जस्तो संवेदनशील विषयमा सबैले जिम्मेवार भएर काम गर्न जरुरी छ । जनतालाई शिक्षित बनाउने भनेकै सञ्चारमाध्यमले हो । वर्तमान सरकार नागरिकताको सूचनाको अधिकारको सम्मान गर्दछ, प्रेस स्वतन्त्रताको पक्षमा छ ।’’


प्रधानमन्त्री देउवाले समाचार सम्प्रेषण जस्तो संवेदनशील विषयमा सबैले जिम्मेवार भएर काम गर्न जरुरी रहेको भन्दै वर्तमान सरकार नागरिकताको सूचनाको अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनु भयो । उहाँले प्रेस स्वतन्त्रताबाट मात्रै नागरिकको हक अधिकारको पूर्ण सुनिश्चितता हुने जिकिर गर्नुभयो ।