• १६ चैत २०८०, शुक्रबार

भालु जस्तो बियर डग

blog

छ लाख वर्ष पहिले युरोपमा यस्तो मांसाहारी सिकारी कुकुर विचरण गर्दथ्यो जसको आकार भालुको जस्तो थियो। तौलमा करिब तीन सय २० किलोसम्म हुने यो कुकुर लोप भइसकेको छ।

वैज्ञानिकले यस कुकुरको अवशेष फेला पारेका छन्। जसबाट यस प्रजातिका बारेमा वैज्ञानिकलाई अध्ययन गर्ने मौका मिलेको छ। आधा कुकुर र आधा भालुको जस्तो यस कुकुरलाई वैज्ञानिकले बियर डग नाम दिएका छन्। यसको वैज्ञानिक नाम द टारटेरोसियन हो। स्विट्जरल्यान्डको बासेलमा अवस्थित नेच्युरल हिस्ट्री म्युजियमका बास्टियन मेनेकार्टको टोलीले बियर डगको अवशेष खोजेको थियो।

बियर डग युरोपमा ३.६ करोड वर्ष पहिलेदेखि ७५ लाख वर्षसम्म अस्तित्वमा रहेको अनुमान छ। प्राप्त अवशेषको बङ्गाराको अनुसन्धानबाट यो लगभग एक करोड २८ लाख वर्ष पहिलेको भएको थाहा भएको छ। बङ्गारामा बसेको समुद्री खनिजहरूको पत्र हटाउँदा वैज्ञानिकहरूले बियर डगको दाँत धेरै तिखो र धारिलो भएको पाए। जसका कारण यस कुकुरले आफूभन्दा ठूलो पशुको सिकार गर्ने गरेको अनुमान गरिएको छ।    

युवामञ्च