सहिदको सर्वमान्यता

dilliram mishraडिल्लीराम मिश्र‘श्रमजीवी’

विषयगत रूपमा सहिद भनेको कसैलाई मार्न खोज्ने प्राणी होइन, परन्तु मुलुकप्रतिको आस्था र विश्वासको निम्ति स्वयंले मृत्युवरण गर्न चाहेको मानिस हो । सहिद साझा हो । उसको आस्था, विचार र कार्यको आधारमा सहिदले अमरत्व प्राप्त गर्छन् ।
विक्रम संवत् १९९७ मा मारिएका चारजना अमर सहिद यसै कोटिमा पर्छन् । नेपाल प्रजापरिषद्को नेतृत्वमा सञ्चालित आन्दोलनक्रममा सत्ताबाट मारिएकालाई सहिदको रूपमा स्वीकार गर्न कुनै विवाद नै छैन र यी सहिद सबैका लागि सर्वमान्य, प्रेरक र सर्वप्रिय पनि छन् । राष्ट्र र आफ्नो स्वाभिमान निम्ति निरङ्कुश राणा शासकको सामु आजीवन कायरताको भिख नमाग्ने नेपाली आमाका वीर सपूत दशरथ चन्द, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री नेपाली समाजका आभूषण हुन् । राणाशासकका सामु माफी मागेको भए सायद उनीहरूले मृत्युवरण गर्नुपर्ने थिएन । इतिहास निर्माणमा सहिद महान पथप्रदर्शक हो तर विश्वमा नेपाल मात्र एउटा यस्तो देश हो जहाँ सहिदका उद्देश्य र सपना सफल र पूरा हुनसकिरहेका छैनन् । राज्य सञ्चालनका क्रममा नेतृत्व गर्ने वर्गको विवेकहिनता र निजी स्वार्थका कारण आज देशमा परिवर्तन ल्याउने सहिद सधैँ उपेक्षित रहँदै आएका छन्ध्र
शासक जङ्गबहादुर कुँवरको उदयअघि आधुनिक नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको क्षमतावान नेतृत्वमा नेपाल एकीकरण अभियान यात्रामा धेरै देशभक्त वीर सपुतले ज्यान गुमाएका छन् । वि.सं. १८०० मा प्रारम्भ भएको नेपाल एकीकरणको प्रथम कालखण्डदेखि झण्डै चार दशकको कठिन यात्रामा सयौँ वीर सपूतले राष्ट्रका लागि जीवन बलिदान गर्नुपरेको थियो । सिङ्गो राष्ट्र निर्माण गर्ने दह्रो सड्कल्प र उद्देश्यसहित अगाडि बढेको नेपाल एकीकरण अभियान यात्रामा पृथ्वीनारायण शाहको नेतृत्वमा वि.सं. १८१४ को कीर्तिपुर लडाइँमा अदम्य साहस र वीरताका प्रतीक काजी कालु पाण्डेजस्ता सपूतले ४४ वर्षको उमेरमा वीरगति प्राप्त गरेका थिए । आज सहिदको सम्झना गर्दा उनी पनि उच्च कोटीका सहिदमा पर्छन् । गोर्खाली सेनासहित बल्खुको किनारामा कालु पाण्डेले काटिएर ज्यान गुमाउनु प¥यो भने उनीसँगै कैयौँ देशभक्त योद्धाले ज्यान गुमाएका थिए ।
राष्ट्र निर्माणका क्रममा वीर पूर्खाका बलिदानीपूर्ण भावनाको माध्यमद्वारा नेपाली समाजलाई समयको प्रवाह र जनताको चाहना अनुरूप अगाडि बढ्नको निमित्त यो राष्ट्रका वीर सपुतले पु¥याएको योगदानलाई बिर्सन सकिन्न । देश र जनताको स्वाभिमान तथा प्रजातन्त्रका निम्ति अहिले पनि प्रेरणाका स्रोत मानिने सपुत लखन थापा र उनका कर्मठ सहयोगी मारिएको पनि आज १४० वर्ष भइसकेको छ । यसबीच राज्यशक्तिमा धेरै परिवर्तन भए । राणाशासन, प्रजातन्त्र, पञ्चायत, पुनः संसदीय प्रजातन्त्र हुँदै २०६२–६३ को जनआन्दोलनद्वारा मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । मुलुक यहाँसम्म आइपुग्दा पनि अदम्य साहस र वीरताका प्रतीक हाम्रा आदर्श सहिदले देखाएको मार्ग त्याग, सङ्र्घष र बलिदानको खाश सम्मान हुनसकेको छैन । आज देशमा सहिदको अवमूल्यन हुँदैछ । सहिद ‘उद्योग’ को रूपमा मानिन थालेको छ, जसबाट वास्तविक योगदान गर्ने सहिदको घोर अपमान भएको छ ।
वि.सं. १९९७ को काण्डमा मारिएका सहिदबाट गौरवशाली उत्साह प्राप्त भइरहन्छ तर देश र जनताको निमित्त प्राणको आहूति दिने तिनै वीर सपुतले देखाएको बाटोमा नेपाली जनताले आत्मगौरवका साथ सुख र सन्तोषको अनुभूतिसमेत गर्न नपाउनु सहिदले गरेको योगदानप्रतिको घोर अपमान हो । सहिदका बारेमा यथेष्ट र स्पष्ट परिभाषा, अवधारणा र मजबुद दृष्टिकोण आउन नसकेको वर्तमान अवस्थामा जसले जसरी परिभाषित गरे पनि अमर सहिद र सहिद परिवारका सदस्यको सम्मान राष्ट्रले गर्न नसक्नु अर्को विडम्बना हो ।
नेपालको राज्यशक्तिलाई विक्रम संवत् १९०३ को कोतपर्वबाट जहाँनियाँ शासनमा प्रवेश गराएर जङ्गबहादुर कुँवरले एकतन्त्रीय शासन चलाए । यही बिन्दुबाट नै नेपाली जनताले जहाँनियाँ शासनको विरोधमा प्रजातान्त्रिक आन्दोलन प्रारम्भ गरेका हुन् । नेपालको इतिहासमा आजसम्म जे जति पनि लोकतान्त्रिक आन्दोलन, जनसङ्घर्ष र जनक्रान्ति भए ती सबैको जग नेपालका अमर सहिद लखन थापाले वि.सं. १९२७ मा प्रारम्भ गरेको नेतृत्वदायी जनविद्रोह नै हो । जङ्गबहादुरले नेपाल विगा¥यो, दुनियाँलाई त्राही त्राही पारिरहेछ, जातपात छुवाछूत झन चर्काएको छ, जङ्गेलाई हटाइ नेपाल आमालाई पापको बोझबाट हल्का पार्नुपर्छ, नेपालमा सत्ययुग फिराऊँ लौ भाइ हो तयार हौऔँ भन्दै १९२७ सालमा राणा शासनको विरुद्ध सङ्गठित रूपमा गोर्खामा पहिलो पटक विद्रोहको झण्डा उठाउने क्रान्तिकारी योद्धा लखन थापा नै हुन् । उनले जनविद्रोहलाई गोरखाका गाउँ गाउँबाट खुला चुनौती दिएका थिए । केही युवालाई साथमा लिई सामूहिक रूपमा खुलेआम जङ्गबहादुरको शासनको विरोध गर्दै गोर्खाका गाउँ गाउँमा घुमेका थिए । जङ्गबहादुरकै आदेशानुसार लखन थापासहित उनका सात जना सहकर्मीलाई पक्राउ गरी गोर्खाको मनकामनामा वि.सं. १९३३ फागुनमा झुण्ड्याएर प्राणदण्ड दिइयो । त्यसैले पनि नेपालको प्रजातान्त्रिक इतिहासकै प्रथम अमर सहिद लखन थापा हुन् ।
सहिद दिवसका अवसरमा प्रत्येक वर्ष सम्मान गर्नुपर्ने कोटीका सहिद लखन थापाको पनि संवत् १९९७ सालमा मारिएका वीर सपुतको शृङ्खलामा राखेर सरकारले औपचारिक रूपमा सहिद घोषणा गरी सार्वजनिक विदासहित राष्ट्रिय सम्मान गर्नु राष्ट्रको साझा दायित्व हो । गतवर्ष मात्र नेपाल सरकारले लखन थापालाई नेपालका प्रथम सहिद भनेर औपचारिक रूपमा घोषणा गरेको छ । राज्यले कुनै दबाबका भरमा सहिदको सम्मान दिने काम नगरी सहिदको परिभाषा सबैका लागि सर्वप्रिय र सर्वमान्य रूपमा निरूपण गरिएको गर्नुपर्छ । जो कोही पनि आस्थाको आधारमा सहिद भएको हो वा आकस्मिक रूपले मारिएकोमा सहिद भनिएको होे, यसलाई सत्यतथ्यको आधारमा सार्वजनिक गर्नु समाज र राष्ट्रको लागि उत्तम सन्देश होध्र

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना