• ६ चैत २०८०, मङ्गलबार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन
काठमाडौं, साउन १० गते ।
काठमाडौंको टोखा नगरपालिका–६ टोखाबाट बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–१७ घर भइ हाल काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने ४२ वर्षीया निशा गुरुङ हुनुहुन्छ । गुरुङलाई मङ्गलबार केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७९ वैशाख १३ गतेको फैसलाले पाँच दिन कैद र २३ लाख १४ हजार २ सय ५० रुपियाँ जरिवाना ठहर भइ उहाँ फरार रहनुभएको थियो ।

गुरुङले कुमारी बैंक लिमिटेड दरबारमार्ग शाखा कार्यालय काठमाडौंमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी पीडितलाई रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा उक्त फैसला गरेको थियो । फैसला कार्यान्वयनका लागि गुरुङलाई जिल्ला अदालत काठमाडौंमा प्रहरीले पेश गरेको जनाएको छ ।