काँग्रेस भद्र सहमतिमा फर्किए राष्ट्रिय सरकार बन्छ ः पोखरेल

Shankar Pokhrel_1गाईघाट (उदयपुर), माघ १२ गते । नेकपा (एमाले)का स्थायी समिति सदस्य शङ्कर पोखरेलले नेपाली काँग्रेस पुनः भद्र सहमतिमा फर्किए काँग्रेसको महाधिवेशनपछि काँग्रेस तथा मधेसकेन्द्रित दलसहितको राष्ट्रिय सरकार गठन हुन सक्ने बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल उदयपुरले आज सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले अब फागुनपछि राष्ट्रिय सरकार गठन हुने सम्भावना रहेको र त्यसमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पनि सहभागी गराउन एमाले तयार रहेको स्पष्ट गर्नुभयो ।
अहिले संविधान संशोधनबाट मधेसी जनताको भावनकाको कदर गरिएको जिकिर गर्दै उहाँले मधेसी मोर्चाका केही माग भने पूरा हुन नसक्ने बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना