• ६ चैत २०८०, मङ्गलबार

उपचार नपाउँदा साङ्लोमा

blog

लीलाराज खड्का 

बिर्तामोड, साउन १० गते  । उपचार गर्ने खर्च अभावमा शिवसताक्षी नगरपालिकामा–१०, दोमुखाकी ३७ वर्षीया अम्बिका ढकाल तीन वर्षदेखि साङ्लोमा बाँधिन बाध्य हुुनुुुहुुुन्छ ।  ढकाल घर छोडेर हिँड्ने भयले परिवारका सदस्यले साङ्लोले बाँधेर राखेको पारिवारिक सदस्यले बताउनुुभएको छ । 

ढकालका दुवै खुट्टामा साङ्लो लगाएको छ । उहाँ बिस्तारै मात्र यताउति हिँड्डुुल गर्न सक्नुुहुुन्छ । १६ वर्षअघिदेखि बिरामी पर्दै आउनुुभएकी अम्बिकालाई गरिबीका कारण औषधि उपचार गर्न नसक्दा साङ्लोले बाँधेर राख्नुपरेको आमा सरस्वता ढकालले दुःखेसो गर्नुभयो । 

 अम्बिकाले स्थानीय माईखोलामा गिट्टी कुटेर आफ्नी आमा र भाइलाई पाल्दै आउनुुभएको थियो । २०६० सालमा अम्बिकाले भागेर विवाहसमेत गर्नुुभएको थियो । विवाहपश्चात् बच्चा पेटमा भएको अवस्थामा श्रीमान्ले छोडेपछि उहाँ माइतमै बस्दै आउनुभएको थियो । माइतमै छोरीलाई जन्म दिनुभएको थियो । छोरी चार वर्षकी भएपछि एक्कासि अम्बिकामा स्वास्थ्य समस्या देखापरेको आमा सरस्वताले बताउनुुभयो । 

सुरुमा उपचारका लागि भारतको सिलगुडीसम्म लगेर उपचार गरिएको थियो तर आर्थिक अभावका कारण थप उपचार हुुन नपाएको ढकाल परिवारको गुुनासो छ । परिवार पाल्ने जिम्मेवारी पाएकी छोरीकै यो हविगत भएपछि बिरामी र परिवारकै बिचल्ली भएको छ । कमाएर ल्याउने छोरी बिरामी भएपछि रकम अभावका कारण औषधि गर्न नसकिएको आमा सरस्वताको भनाइ छ ।

गत तीन वर्षदेखि घर छोडेर भाग्ने, अरूलाई कुट्ने र हराउने भएकाले छिमेकीको सहयोगमा छोरीकोे दुवै खुट्टामा साङ्लोेले बाँधेर राखेको आमा सरस्वताले बताउनुभयो । गरिबीका कारण उपचार नपाउँदा साङ्लोमा बाँधिनुपरेको स्थानीयको भनाइ छ ।  छोरीले राम्रो उपचार पाए निको हुुने आमाको भनाइ छ । “कोही सहयोगी दाता पाए हाम्रो परिवारको कल्याण हुुने थियो,” आमा सरस्वताले भन्नुुभयो । छोरीले जो कोहीलाई कुुट्ने, पिट्ने गरेपछि छोरी र नातिनीकै पनि भेट नभएको आमाले बताउनुभयो ।