• ६ चैत २०८०, मङ्गलबार

२० वर्षपछि आफ्नो ठाउँमा फर्किए राउटे (फोटो फिचर)

blog

दैलेख जिल्ला भगवतीमाई गाँउपालिका वडा नं ४ राउटे चौरमा रहेको राउटे बस्ती । तस्बिरहरु : विशाल सुनार

दैलेख, साउन ९ गते । दैलेख जिल्ला भगवतीमाई गाँउपालिका वडा नं ४ राउटे चौरमा राउटे समुदायको बस्ती । कम्तिमा पनि १२ वर्षपछि पुरानै ठाँउ फर्कने गरेका राउटे समुदाय यस स्थानमा २० बर्षपछि फर्किएका हुन् ।

जंगलमा बस्ने, कन्दमुल र बाँदरको शिकार गरेर जीवन चलाउँदै आएको राउटे समुदाय पछिल्लो समयमा सडक पहुँच भएको स्थानमा बसाई सर्ने गरेका छन् । यातायातको सहजतामात्र नभएर सामाजिक सुरक्षा भत्ता लगायत खाद्यान्नको जोहो गर्न सजिलो हुने भएकाले सडक पहुँच भएको स्थान राउटेको रोजाईमा पर्ने गरेको छ ।

यो समुदाय यसअघि जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नं ३ सुयडा क्षेत्रमा बस्दै आएको थियो । अहिले यहाँ राउटेको कूल जनसंख्या १४५ रहेको छ । जहाँ ४६ घरधुरी रहेका छन् ।