• ६ चैत २०८०, मङ्गलबार

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

blog

फाइल तस्बिर ।

गोरखापत्र समाचारदाता

भक्तपुर, साउन ९ गते । गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले भन्नुभयो, “सकभर त्रुटि कम होस् भन्ने चाहेका छौँ । त्यसमा व्यस्त भएकाले साउन ११ गतेमात्र नतिजा सार्वजनिक गर्ने भएका हौँ ।”

विद्यार्थी, परीक्षा केन्द्र, शिक्षक, उत्तरपुस्तिका परीक्षक, सम्परीक्षकलगायतका कारणले परीक्षामा त्रुटिको अवस्था रहन्छ । नतिजामा त्रुटि हुँदा मुख्य गरी परीक्षार्थीले दुःख झेल्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ ।

त्रुटि केलाउन परीक्षा नियन्त्रण कार्यालयले आफ्ना बाहेकका अन्य कार्यालयका शिक्षा सेवाका कर्मचारीलाई पनि परिचालन गरेको छ । कोभिड–१९ को दोस्रो लहरका कारण पठनपाठन समयमा सञ्चालन हुन नसक्दा गत वर्षको एसईई गएको वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको थियो ।

परीक्षामा सहभागी हुन करिब पाँच लाख १५ हजारले आवेदन दिएकोमा चार लाख ९५ हजार परीक्षामा सहभागी भएका थिए । परीक्षा सकिएको लगत्तै पनिकाका कर्मचारी स्थानीय तह निर्वाचनमा खटिएकाले गत जेठ ३ गतेबाट उत्तरपुस्तिका परीक्षणसम्बन्धी काम अगाडि बढेको थियो । परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने नियम छ ।

साउन २० गते परीक्षा सकिएको तीन महिना पुग्दैछ । परीक्षा नियन्त्रक रायमाझीले नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो । 

कोभिडका कारण २०७६ र २०७७ सालको एसईई सञ्चालन हुन सकेन । विद्यालयले गरेको मूल्याङ्कनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरेर प्रमाणपत्र जारी गरिएको थियो । 

एसएमएसबाटबाट नतिजा थाहा पाउनका लागि प्रयोग हुने सर्टकोडहरू ३५००१, ३४९४९, ३१००३ र १६०० छन् । यसैगरी, वेब साइडहरु

 www.see.gov.np 

www.neb.gov.np

 www.khalti.com

www.neemaacademy.com 

www.ekantipur.com 

www.theconnectplus.com 

www.see.edusanjal.com

 www.see.ntc.net.np 

www.admissionnepal.com