• १३ वैशाख २०८१, बिहिबार

अध्यक्ष दाहाल र गौतमबीच भेटवार्ता

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, साउन ९ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । 

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा सामेबार दाहाल र गौतमबीच समाजवादी केन्द्र निर्माण गर्ने सम्बन्धमा छलफल भएको दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उहाँहरुबीच आज अपरान्ह ५ बजे भेट भएको हो । समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको छ । भेट सम्पन्न भइसक्यो ।”