• ६ चैत २०८०, मङ्गलबार

दक्षिण इरानमा आएको बाढीमा २१ जनाको मृत्यु, तीन बेपत्ता

blog

तेहरान, साउन ७ गते । इरानको दक्षिणी प्रान्त फार्समा शुक्रबार आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने अन्य तीनजना अझै बेपत्ता  छन् ।

इरानी रेड क्रिसेन्ट सोसाइटीका प्रमुख मेहदी भलिपुरले ८९ जना फसेको र त्यहाँ उद्धारकार्य जारी रहेको बताएका छन् ।

त्यसैगरी, अर्ध–आधिकारिक मेहर समाचार एजेन्सीसँग कुरा गर्दै इस्टाबानका गभर्नर युसेफ कारगरले फेला पारिएका शवमध्ये १३ जनाको पहिचान भइसकेको  जानकारि दिएका छन् । हालसम्म बाढी प्रभावित क्षेत्रमा फसेका ५५ जनाको उद्धार गरिएको छ र उद्धार कार्य जारी रहेको छ ।

गभर्नरले शुक्रबार साँझ भारी वर्षा हुनुअघि सम्भावित जोखिम बारे कडा चेतावनी जारी नगरेको भन्दै इरानको मौसम विज्ञान सङ्गठनलाई दोषी देखाएका छन् ।