पुर्नवास नगराएको भन्दै पहिरो पिडित आक्रोसित

रुपक पुरी सिन्धुपाल्चोक, मङ्सिर ७ गते । सिन्धुपाल्चोकको जुरे पहिरो पिडितले चार महिना बित्न लाग्दा सम्म पुर्नवास प्रक्रिया अघि नबढाएको भन्दै आक्रोस पोखेका छन् ।
सरकारले यथाशिघ्र पुर्नवासको प्रक्रियामा लैजाने भनेपनि ढिलाई गरेको आरोप लगाउँदै उनिहरु आक्रोसित भएका हन् । पहिरोले सर्वस्व गुमाएर घरवारविहिन भई म्याग्नेसाइट उद्योगमा रात गुजार्दै आएनुभएकी ६० वर्षिया पार्वती कुमारी पौडेल जाँडोमा आफ्नो परिवारको बिचल्नी भएको बताउदै पुर्नवास प्रक्रिया छिटो मिलाउन माग गर्नुहुन्छ ।
पहिरो स्थल जुरेमा आयोजित एक कार्यक्रममा उनीहरुले आफूहरुलाई गाँस, वाँस र कपासको ब्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् । गत साउन १७ गते गएको पहिरोमा १ अर्व ४६ करोड मूल्य वरावरको क्षति भएको प्रशासनले जनाएको छ ।
प्रमुख जिलला अधिकारी गोपालप्रसाद पराजुली भने पुर्नवासको लागी छुट्टै समिति बनाएर काम गरिरहेको वताउनुहुन्छ । पराजुलीका अनुसार छिट्टैनै समितिको सुझाब आएपछी पुर्नवास प्रक्रिया अघि बढ्ने छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना