सोनाम ल्होछार तीन दिनसम्म मनाउने


काठमाडौं, माघ ४ गते । तीनदिने विशेष कार्यक्रमका साथ यस वर्षको सोनाम ल्होछार राजधानीको टँुडिखेलमा मनाइने भएको छ ।
ल्हुक (भेँडा ) ल्होछार २८५१ वृहत् मूल समारोह समितिद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा सो कुराको जानकारी दिइएको हो ।
नेपाल तामाङ घेदुङको संयोजकत्वमा आयोजना हुन लागेको यस वृहत् ल्होछार पर्वका अवसरमा ल्होछार इभ, विशेष सांस्कृतिक कार्यक्रम, ताम्बा बोन्बो तथा लामाद्वारा पूजापाठ, घोडचडी नाच, डम्फुसेलो, माने नाच तथा म्हेन्दोमाया नृत्यहरूको प्रदर्शन गर्दै माघ ६,७ र ८ गते मनाइने भएको हो ।
‘२८५१ औंँ ल्हुक ल्होछार तामाङ एकताको पर्वको रूपमा मनाआँैं, पूर्ण अधिकारसहितको अखण्डित ताम्सालिङको स्थापना गरौँ’भन्ने मूल नारा तय गरी मनाइने सोनाम ल्होछारमा वृहत् सांस्कृतिक ¥याली, ख्याति प्राप्त राष्ट्रिय कलाकाररूको प्रस्तुति रहनेछ, भने तामाङ खाना, भेषभूषा, पुस्तक, गीति क्यासेटका स्टलहरू पनि राखिने आयोजकले जानकारी गराएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना