थारु समुदायको झुमरा नाच स्टेजसम्म

tharu
दिवाकर पोखेल
देउखुरी, माघ ४ गते । दाङको लमहीमा आयोजना गरीएको कृर्षि पर्यटन तथा व्पारीक महोत्सवको दशै दिन आईतवार महोत्सव स्थलको बातावारण अली वेग्लै थियो । स्टेजमा थारु समुदायको पहिरनमा सजिएका यूवतीहरु नाचीरहेका थिए । यूवाहरु मादल, झाल र कस्तार वजाउनमै ब्यस्त । माईक छोपेर लस्करै उभिएका यूवाहरु जोशीलो पारामा गित गाउदै दर्शकलाई आर्षीत गर्दै थिए । थारु भाषामा भन्दै थिए‘यहाँ रि जागी जागी किसान हम्रे वगर खेती करे, कृषि पेशा आघे वढाई, वेरोजगार हटाई’ पालै पालो यूवा यूवतीले गित दोहोरीने गरी गाईरहे ।
शौं दिन महोत्सव स्थल थारु समुदायमा लोकप्रीय झुमरा नाचले दर्शक आकर्षीत गर्न सफल भएको छ । लमही नगरपालीका वर्डा नं. ९ खैरीका यूवाहरुले निकालेको झुमरा नाच आकर्षणको केन्द्र वनेको हो । योङ वेस क्लवले महोत्सवमा झुमरा नाच लगेको हो ।‘थारु समुदायको पहीचान हराउन थाल्यो, त्यही पहिचान वचाई राख्न झुमरा नाच प्रस्तुत गरेका हौं’क्लवकी आशा चौधरीले भन्नुभयो–‘विस जना यूवा मिलेर नाच निकालेका हौं, हाम्रै समुदायको पहीचानकालागी हामी आफै एक जुट हुनुपर्छ भन्ने शन्देस पनि दिन खोजेका छौं ।’ क्लवका आवद्ध सवै पदाधीकारी नाचमा सहभागी थिए । लेहङगामा सजिएका यूवतीहरुले मगीयाँ, वाला, चन्द्रधार लगाएतको पहिरनमा थिए । यूवाहरु पनि पोशाकमा सजिएर मादल र गायनमा थिए ।
झुमरा नाच प्रत्येक वर्ष हुने हरेरी पुजामा निकालीन्छ । तर, पछिल्लो समयमा प्रविधिको विकास संगै थारु समुदायको संस्कार संस्कृती पनि फेरिन थालेको छ । थारु संस्कृतीमा ह्रास आउन थालेपछी समुदायका मानिसहरुनै संस्कृती संरक्षणमा लागेका छन् । गाउँ घरमा खुलेका क्लव तथा समुहमा थारु समुदायको भेष भुषालाई पोशाक वनाउने, बैठक तथा छलफलमा अनिवार्य लगाउने, मेला महोत्सव तथा पर्वमा झाँकी जुलुस निकालेर सहभागी हुने कार्य वढ्न थालेका छन् ।
लमहीमा चलीरहेको महोत्सवको उद्घाटन अवसरमा पनि दर्जन वढी समुहले थारु झाँकी निकालेका थिए । महोत्सवको अवधीमा स्टेज प्रस्तुतीमा पनि त्यस्ता गित र नृत्यले स्थान पाएको झाँकी ब्यवस्थापन समितिका संयोजक ससीराम नेपालीले वताउनु भयो । आईतवार गायक प्रमोद खरेलको चर्चीत गितमा दर्शक झुमेका छन् । म छु आज धेरै टाढा मेरो दिल छ पोखरा वोलको गितलाई लमही वनाउदा दर्शक निकै उत्साहीत हुदै गायक संगै स्वर मिलाउन भ्याए । त्यस्तै पार्वती राईको नृत्यले सवैको मनमा हलचल पैदा ग¥यो । टेलीभिजनको पर्दामा वढी देखीने कलाकारलाई आँखै देख्न पाएकोमा दङ्ग थिए । गायीका जानकी तारनी मगर, गायक तथा संगीतकार यादव योगी, नायक तथा गायक सन्दीप न्यौपाने लगाएत स्थानीय प्रस्तुतीले महोत्सव स्थलको रौनक वेग्लै थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना