विद्यालयको पठनपाठनमा अवरोध पुग्नेगरी बन्द हड्ताल नगर्न आग्रह


    काठमाडौँ, माघ ४ गते । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले कुनै दलको राजनीतिक स्वार्थ पूर्तिका लागि शान्तिक्षेत्र विद्यालयको पठनपाठनमा अवरोध पुग्नेगरी बन्द हड्तालका कार्यक्रम नगर्न आग्रह गरेको छ ।
    बालबालिकाको अधिकारको क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सञ्जाल सिजपले राजनीतिक दलहरूका शीर्ष नेताहरूले विद्यालयलाई असर गर्नेगरी कुनै पनि बन्द नगर्ने प्रतिवद्धता जनाइसकेकाले कुनै पनि वहानामा विद्यालयको पठनपाठनमा अवरोध नगर्न विज्ञप्तिमार्फत आग्रह गरेको हो ।
    सो सिजपले विज्ञप्तिमार्फत एकीकृत माओवादीले नेतृत्व गरेको तीस दलीयमोर्चा र नेकपा माओवादीले संयुक्त रूपमा आवहन गरेको ६ गतेको नेपाल बन्द कार्यक्रमले विद्यालयलाई असर पर्ने देखिएकाले त्यो कार्यक्रम फिर्ता लिन ती दलहरूको ध्यानाकर्षण गराएको छ ।
    सिजपले यस्ता बन्द र हड्तालले विद्यालय जाने उमेरका झण्डै ७७ लाख बालबालिकाको पठनपाठन प्रभावित हुने र उनीहरूमा नकारात्मक असर पर्ने भएकाले यस विषयमा पनि सचेत हुन दलहरूको ध्यानाकर्षण गराएको छ ।



 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना