एमाओवादी नेतृत्वको मोर्चालाई संविधानसभाबाट बाहिर ल्याउँछौैँ


    
    काठमाडौँ,  माघ ३ गते  । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले एकीकृत नेकपा (माओवादी) नेतृत्वको मोर्चालाई संविधानसभाबाट बाहिर ल्याउने प्रयासमा आफूहरू लागिरहेको बताउनुभएको छ ।
    
    पार्टीका उपत्यकाका अगुवा कार्यकर्तालाई कुपन्डोलस्थित माओवादी जनवर्गीय सङ्गठनको कार्यालयमा प्रशिक्षण दिँदै उहाँले सत्तारुढ दलहरूले एमाओवादीको मोर्चालाई पेलेर संविधान लेख्ने तयारी गरिरहेकाले उनीहरू भूमिकाविहीन अवस्थामा संविधानसभामा बस्नुको विकल्प नरहेको धारणा राख्नुभयो ।
    
    कतिपय विषयमा अन्तरविरोध रहे पनि तत्कालीन कार्यनीतिका रुपमा मोर्चासँग सहकार्य गरी माघ ६ गतेदेखि संयुक्त रुपमा आन्दोलन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
    
    आफ्नो पार्टीले विगतमा भनेजस्तै संविधानसभाबाट अग्रगामी संविधान बन्ने सम्भावना क्षीण बन्दै गएकाले सर्वपक्षीय राजनीतिक सभामार्फत संविधान लेख्नका लागि दबाबमूलक आन्दोलनको तयारीमा लाग्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।
    
    कार्यक्रममा माओवादी पोलिटब्युरो सदस्य कुलप्रसाद केसीले माघ ६ गतेदेखि सुरु हुने आन्दोलन माघ ८ गतेसम्म निरन्तर रहने जानकारी दिँदै सोहीअनुसार तयारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना