• ६ चैत २०८०, मङ्गलबार

एक करोडको अवैध मेडिकल उपकरणसहित तीन जना भारतीय पक्राउ

blog

धनुषा प्रहरीले बरामद गरेको अवैध मेडिकल उपकरणहरु र भारतीय नागरिक । तस्बिर: विजयकुमार साह

ढल्केवर, असार ३२ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले एक करोड मुल्यबराबरको अवैध मेडिकल उपकरणसहित भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी र तीन जनालाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–९, सङ्कटमोचन मन्दिर नजिकै रहेको विनयकुमार झाको घरमा लुकाइछिपाई राखिएको अवस्थामा शुक्रबार साँझ उक्त मुल्य बराबरको अवैध मेडिकल उपकरणसहित भारतीय नम्बर प्लेटको बि आर ०१ पि के ६६६६ नम्बरको स्कार्पियो गाडी  र भारतीय नागरिक विपिनकुमार सिंह, शङ्कर सिंह र सुरज सिंहलाई नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले भारतबाट भन्सार छलेर ल्याइएका विभिन्न मेडिकलका उपकरणहरु जनकपुरस्थित झाको घरमा लुकाइछिपाई राखेको अवस्थामा बरामद गरिएको बताउनुभयो ।  गोप्य सूचनाका आधारमा रितपूर्वक छापा मार्ने क्रममा सामग्रीसहित गाडी र चोरी पैठारीमा संलग्न तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो । 

पक्राउ परेका भारतीय नागरिकले विभिन्न सीमा क्षेत्रको चोर बाटोको प्रयोग गरेर तथा सीमामा तैनाथ सुरक्षाकर्मीलाई छलेर मेडिकल उपकरणहरु ल्याएर यहाँस्थित झाको घर भाडामा लिएर बिक्री वितरण गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरी प्रवक्ता क्षेत्रीले बताउनुभयो । 

बरामद गाडी र मेडिकल उपकहरणहरु आवश्यक कारवाहीका लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको उहाँले जानकारी दिनुभयो । 

Author

विजयकुमार साह