• ६ चैत २०८०, मङ्गलबार

श्रमिकका समस्या समाधानमा जोड

blog

काठमाडौँ, असार ३२ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका समस्यालाई सूक्ष्म तरिकाले बुझेर समाधान गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकमा मन्त्री कुँवरले सो कुरा बताउनुभएको हो । 

श्रममन्त्री कुँवरले अनौपचारिक क्षेत्रमा कडा श्रम गर्ने श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याएर न्याय दिने काम गर्नेतर्फ श्रम मन्त्रालयले काम गरेको जानकारी दिनुभयो । उहाँले मन्त्रालयले श्रमिकको हक अधिकार सुनिश्चित गर्न विद्यमान ऐन, नियम र कानुनलाई पनि समय अनुकूल परिमार्जन गर्नुपर्ने बताउनुभयो । 

श्रममन्त्री कुँवरले वैदेशिक रोजगारीमा थुप्रै समस्या भएकाले स्वदेशमै रोजगारी प्रवद्र्धन गर्ने विषयमा पटकपटक सम्बन्धित निकायसँग छलफल भइरहेको पनि जानकारी दिनुभयो । परिषद्का सदस्यसचिव एवं श्रमसम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाका प्रमुख दीपक काफ्लेले केन्द्रीय श्रम सल्लाहकार परिषद्ले सरकारलाई श्रमसम्बन्धी विषयमा परामर्श तथा श्रम क्षेत्रका विविध विषयमा निर्णय गर्दै आइरहेको जानकारी दिनुभयो ।