• ६ चैत २०८०, मङ्गलबार

निर्वाचनको तयारीमा जुट्न अध्यक्ष नेपालको आव्हान

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार ३१ गते । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी संघीय र प्रादेशिक निर्वाचनमा जुट्न पार्टी कार्यकर्तालाई आव्हान गर्नुभएको छ । समाजवादीको शुक्रबार काठमाडौंमा आयोजित बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले सो आव्हान गर्नुभएको हो । 

प्रत्येक जिल्लाका नेताहरुलाई आगामी चुनावतर्फ केन्द्रीकृत हुन उहाँले निर्देश गर्नुभयो । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने क्षेत्रमा प्रदेश कमिटीले जिम्मेवारी दिएर पठाउनुपर्ने उहाँले निर्देशन दिनुभयो । “घर–घरमा जाने, अभियान चलाउने काम भएको छ कि छैन ? चुनाव चिह्न कलमको प्रचार भएको छ कि छैन, त्यसको अनुगमन गर्ने काम होस्”, उहाँले भन्नुभयो । 

अध्यक्ष नेपालले पार्टीको काममा केन्द्रीय कमिटीमा रहेका सदस्यहरु, निर्वाचन आयोग, सल्लाहकार, केन्द्रीय परिषद् र जनवर्गीय संगठन ठोसरुपले जोडिनुपर्ने बताउनुहुँदै अबको चुनावमा चारवटा मतपत्रमा उम्मेदवार चयन गर्नुपर्ने हुनसक्ने बताउनुभयो । 

“प्रत्येक चार वटामा प्रत्यक्ष प्रतिनिधिसभामा उठेका उम्मेदवारमध्ये हाम्रा छन् भने, प्रदेशसभाको मतपत्रमा हाम्रा उम्मेदवार छन् भने, प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकमा चाँहि कलममा छाप लगाउन उहाँले आग्रह गर्नुभयो । समानुपातिकलाई हिसाब गर्दा २०, २५ लाख मत प्राप्त गर्नेगरी तयारीमा जुट्न उहाँले आव्हान गर्नुभयो ।  

पार्टीको प्रचार अभियान चलाउँदै चुनावमा रहेका विकृतिलाई कसरी न्यूनीकरण गर्ने कोसिस गरिने उहाँको भनाइ छ । अबको चुनावपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको पनि चुनाव हुने र यसबाट सरकार बन्ने भएकाले यो निकै महत्वपूर्ण भएको उहाँले बताउनुभयो । 

“स्थानीय चुनावभन्दा बढी महत्वको भएकाले पार्टी कमिटी बनाउने कुरामा सम्पूर्ण रुपले केन्द्रीत हुन उहाँले निर्देश गर्नुभयो। अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा स्थानीय निर्वाचनमा पार्टीले खेलेको भूमिका, यक्रुेनलाई नाटोको सदस्य बनाएर अमेरिका अगाडि बढिरहेको, त्यहाँको जनजीविकाको सवाल विकराल, महँगीको मारमा रहेको उहाँले चर्चा गर्नुभयो । 

२०७५ जेठ ३ गते नेकपा गठन भएको स्मरण गर्नुहुँदै उहाँले सर्वोच्च अदालतको फैसलाले दुवै पार्टीलाई पुरानै अवस्थामा फर्काएको उल्लेख गर्नुभयो । झण्डै दुई तिहाइ बहुमतको सरकार भएपनि नेतृत्वबाट संसद विघटन र संविधान नै सिध्याउन खोजेको उहाँले टिप्पणी गर्नुभयो ।

“केपी ओलीसँग विचारको मतभेद्ले आजको निर्णयमा पुग्यौं, जम्मै षड्यन्त्र चक्नाचुर बनायौं र ४० प्रतिशत पुगेन, २० प्रतिशत, ३० प्रतिशत पु¥याएर चुनौतीको सामना ग¥यौं उहाँले भन्नुभयो । कम्युनिष्ट पार्टीले समाजको परिवर्तन गर्ने, मान्छेको चेतनामा रुपान्तरण गर्नेमा अगुवाइ हुन्छ, तुरुन्तै चुनावको घोषणा हुन सक्छ, त्यसैले तयारी अवस्थामा रहन उहाँले पार्टी पंक्तिलाई आग्रह गर्नुभयो ।