माघ ८ गते सविधान आउने सम्भावना कायम– नेम्वाङ्ग

Subash Newang
काठमाडौं , माघ २ गते । सभामुख सुवासचन्द्र नेम्वाङ्ले राजनीतिक दलहरुबीच संविधान निर्माणको विषय र प्रक्रियाबारे सहमति भए माघ ८ मा संविधान आउने सम्भावना कायमै रहेको बताउनुभएको छ ।
उहाँले स्पष्ट पार्नुभयो , “ राजनीतिक दलहरुले संविधान निर्माणको विषय र प्रक्रियाबारे सहमति गर्न सकेन भने संविधानसभा अब कसैलाई पर्खेर बस्न सक्दैन , अडिन सक्दैन् ।”
सम्पादक समाज ,नेपालद्धारा शुक्रबार राजधानीमा आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा सभामुख नेम्वाङ्ले दलहरुले संविधान निर्माणको विषय र प्रक्रियामा यथासक्य सहमति गर्न सकेमा प्रचलित ऐन ,कानून र स्थापित मान्यता अनुसार निर्धारित समयभित्रै संविधान जारी गर्न सकिने अझ थुप्रै आधारहरु बाँकी रहेको बताउनुभयो ।
“राजनीतिक दलहरु विषय र प्रक्रियामा एकमत हुन नसके सामान्य प्रक्रियामा गएर संविधान निर्माण गर्नुपर्ने अवस्थाको सिर्जना हुन सक्छ ” उहाँले भन्नुभयो ,“ सामान्य प्रक्रियाबाट संविधान जारी गर्नु समय र प्रक्रियाको दृष्टिकोणले ज्यादै झन्झटिलो र लामो समय लाग्ने हुन सक्दछ ।”
निर्धारित समयभित्रै संविधान जारी गर्न राजनीतिक दलहरुलाई सबै क्षेत्रबाट सकरात्मक दबाव आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो ,“ माघ ८ भित्र संविधान जारी गर्नु हामी सबैको नैतिक बन्धन छ , यदि यसमा हामी चुक्छौं भने हामी सबैको नैतिक वल कमजोर हुनेछ ।”
माघ ८ भित्र संविधान निर्माण हुन नसके त्यसपछि उत्पन हुन सक्ने परिस्थि मुलुकले थेग्न नसक्ने बताउँदै सभामुख नेम्वाङले भन्नुभयो ,“ दलहरुबीच सहमति हुन बाँकी रहेका विषयहरु अस्तिसम्म चारवटा थियो , आजसम्म डेढवटा विषयमा सहमति भइसकेको छ, अढाईवटा अझै बाँकी छन् ।”

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना