• ६ चैत २०८०, मङ्गलबार

राष्ट्रपति भण्डारीसमक्ष महालेखापरीक्षक कार्यालयको वार्षिक प्रतिवेदन पेश

blog

राष्ट्रपति भण्डारीसमक्ष महालेखापरीक्षक दंगालले वार्षिक प्रतिवेदन पेश गर्नुहुँदै । तस्विर : राष्ट्रपतिको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, असार २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक कार्यालयले वार्षिक प्रतिवेदन पेश गरेको छ । महालेखापरीक्षक टङ्कमणि शर्मा दंगालले आज शीतलनिवासस्थित राष्ट्रपतिको कार्यालयमा सो प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । 

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७७–७८ को महालेखापरीक्षकको उनन्साठीऔं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष दंगालले पेश गर्नुभएको हो ।